9 years ago
January 22, 2017
पोखरा (हाम्रो खेलकुद)– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको दोस्रो खेलमा धरानलाई ४-१ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। मनाङका लागि कप्तान अनिल गुरुङ्ले २ तथा सुजल श्रेष्ठले २ गोल गरेका थिए।

खेल पश्चात बोल्दै मनाङका प्रशिक्षक छिरिङ लोप्साङले समयमै गोल निस्केका कारण खेल सहज भएको र खेलाडी त्यसपछि हल्का रुपमा खेलेको बताए । बंगलादेशको टोलीको प्रदर्शन हेर्न बाँकी रहेकोले मनाङबाहेक आर्मी प्रतियोगिताको दाबेदार रहेको लोप्साङ बताए । त्यसैगरी धरानका प्रशिक्षक विकास केसीले खेलाडी घाइते हुनु र पहिलो हाफमै दुई गोल खाएका कारण हार्नु परेको बताए ।
आहा रारा गोल्डकपमा सोमबारको तेस्रो क्वार्टरफाइनल: आर्मीविरुद्ध झापा ११
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]