default_image

2 years ago

December 7, 2023

म्यानचेस्टर युनाइटेडले चेल्सीलाई हरायो

622 views

0 Bookmark

एजेन्सी – खराब लयबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीलाई पराजित गरेको छ ।

घरेलु मैदानमा २-१ को जित निकाल्ने क्रममा युनाईटेडका लागि स्कट मक्टोमिनेले दुवै गोल गरे । उता चेल्सीका लागि भने कोल पाल्मरले एक गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा सुरुवाती समय देखिनै आक्रामक खेलेको युनाइटेडले पेनाल्टी मार्फत गोल गर्ने मौका पाएको थियो । एन्जो फर्नान्डेजले एन्टोनीमाथि बक्स भित्र फाउल गरेपछि युनाइटेडले पेनाल्टीमा गोल गर्ने अवसर पायो। तर कप्तान ब्रुनो फर्नान्डेजको पेनाल्टी चेल्सी गोलरक्षक रोबर्ट सान्चेजले बचाए ।

१९औं मिनेटमा युनाइटेडले अग्रता लिन सफल भयो। ह्यारी मग्वायरको प्रहार ब्लक भएपछि रिबाउन्डमा मक्टोमिनेले गोल गर्दै खेलमा अग्रता दिलाए । तर पहिलो हाफको अन्तिम समयमा चेल्सीको खेलमा बराबरी गर्यो। मुखाएलो मुड्रीकको पासमा पाल्मरले बक्स भित्रबाट सटिक फिनिश गर्दै खेल बराबरीमा ल्याए ।

६९औं मिनेटमा युनाइटेडले खेलमा पुनः अग्रता लियो । अलेहान्द्रो गार्नाचोको क्रसमा मक्टोमिनेले हेडर मार्फत गोल गर्दै खेलमा पुनः अग्रता दिलाए। अन्त्यमा सोही गोल जितका लागि पर्याप्त भयो ।

जित पछि युनाइटेडको १५ खेलमा २७ अंक जोड्दै छैठौं स्थानमा छ। उता पराजित चेल्सी भने समान १५ खेलमा १९ अंक सहित दशौं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.