2 years ago
December 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिगमा आज तालिकाको पुछारमा रहेका दुई टोली झापा एफसी र वीरगन्ज युनाइटेड एफसी बीच खेल हुने छ । यी दुई नवप्रवेशी टोली बीचको खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

दुवै टोलीलाई प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन जित्नै पर्ने अवस्था छ । लिगको शीर्ष ४ टोलीले मात्र प्लेअफमा स्थान बनाउने छन् । हालसम्म समान ३-३ खेल खेल्दा दुवै टोलीले जित हासिल गर्न सकेका छैनन् ।
पहिलो खेलमा स्पोर्टिङ्ग इलाम एफसी विरुद्ध १-० को हार बेहोरेको झापाले त्यसपछिको खेलमा पोखरा विरुद्ध १-१ को बराबरी खेल्दा तेस्रो खेलमा भने काठमाडौं विरुद्ध गोलरहित बराबरी खेलेको थियो ।
उता वीरगन्जले भने पहिलो दुई खेलमा धनगढी र चितवन विरुद्ध समान २-१ को हार बेहोरेको थियो । पछिल्लो खेलमा भने वीरगन्जले बलियो मानिएको ललितपुर विरुद्ध २-२ को रोमाञ्चक बराबरी खेलेको थियो ।
पछिल्लो खेलमा झापा स्टार फरवार्ड अन्जन विष्ट बिना नै मैदानमा उत्रिएको थियो । अन्जन आज खेल्ने नखेल्ने भन्ने प्रश्न पनि रहिरहेको छ । मिडफिल्डर आवास लामिछाने पछि पछिल्लो खेलको अन्त्यपछि एम्बुलेन्समा मैदान छाडेका थिए । झापाले मिडफिल्डर लाकेन लिम्बुलाई भने यस संस्करणको पहिलो खेल देखि नै चोटका कारण उतार्न पाएको छैन । त्यस्तै अमेरिकी खेलाडी दिराज थजाली पनि नाक भाँचिएका कारण बाहिर छन् ।
वीरगन्जले पछिल्लो खेलमा हाफ टाइममा दुई परिवर्तन गरेको थियो । बिरामी भएका कारण सुरुवाती खेल गुमाएका सुभाष गुरुङ पनि आज खेल्ने सम्भावना छ ।
आज जित हासिल गर्न सकेमा आठौं स्थानमा रहेको झापाले चौथो र पाँचौं स्थानमा रहेका काठमाडौं र चितवनको अंक बराबरी गर्ने छ ।य स्तै वीरगन्जले जित हासिल गर्न सकेमा छैठौं स्थानमा उक्लिने छ ।
पोखरा थन्डर्स चार खेलमा आठ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]