2 years ago
December 8, 2023
एजेन्सी – नेपाल सुपर लिग २ अन्तर्गत शुक्रबार जारी खेलमा झापा फुटबल क्लब र वीरगन्ज युनाइटेड फुटबल क्लबबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

झापाले आक्रमणमा निकै अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेको छैन । वीरगन्जका गोलरक्षक दीप कार्कीले लगातार राम्रो बचाउ गर्दै खेललाई गोलरहित नै राखेका छन् । झापाका डिफेन्डर समन्दर ओचिलोभको प्रहार पोस्टमा लाग्दा झापा अग्रता लिनबाट बन्चित भएको हो ।
नवौं मिनेटमा वीरगन्जका सुभाष गुरुङको क्रसले आफ्नो टिममेट भेटाउन सकेन । ११औं मिनेटमा झापाका लक्ष्मण रुचालले बक्सको बाहिर खेलेको कर्नरमा समन्दर ओचिलाेभले गरेको प्रहार सिधै दीपको हातमा जान पुग्यो ।
१२औं मिनेटमा झापा पुनः गोल गर्नको धेरै नजिक पुग्यो । ओचिलोभले नै बक्स बाहिरबाट लिएको प्रहार पोस्टमा लागेर फर्कियो । दीपले डाइभ गरेपनि बलसम्म पुग्न सकेका थिएनन् ।
१६औं मिनेटमा भिषण गुरुङको प्रहार डिफ्लेक्ट भएर ओबेद ओसुवुको खुट्टामा पुगेको थियो तर उनले सिक्स यार्ड बक्सको छेउ बाट लिएको प्रहार पोस्टको माथिबाट बाहिरियो ।
१८औं मिनेटमा झापाले लगातार तीन कर्नर किक पाएको थियो तर तीन ओटै कर्नरमा झापाका खेलाडीले हेडर जित्न सकेनन् ।
२५औं मिनेटमा झापाका जोर्गे सान्चेजको प्रहार सिधै दीपको हातमा जान पुग्यो । २७औं मिनेटमा सुमित श्रेष्ठको क्रस दिवाकर चौधरीले सान्चेज सामु पुग्नु अघि क्लियर गरिदिए ।
३०औं मिनेटमा सुमितले आवासको लागि राम्रो थ्रु बल खेलेका थिए र सान्चेज फार पोस्टमा खाली थिए टर आवासले गर्न खोजेको क्रस पोस्ट पछाडि बाहिरियो ।
३२औं मिनेटमा लक्ष्मण रुचालले ठूलो मौका खेरा फाले । आवासको लामो पासमा उनी बक्स भित्र पुगेर बल नियन्त्रणमा लिए तर उनको।प्रहार भने सिधै दीपको खुट्टामा जान पुग्यो ।
३५औं मिनेटमा रूचालकै क्रसमा बक्समा खाली रहेका सान्चेजले हेडर प्रहार गर्न सकेनन् । ३९औं मिनेटमा वीरगन्जका तेज तामाङले गरेको क्रसमा सुभाष गुरुङको हेडर सिधै कुपिचको हातमा पुग्यो ।
४३औं मिनेटमा छिरिङ गुरुङको लामो पासमा सान्चेजको प्रहार दीपले बचाए ।
थपिएको समयमा दिपेन्क ठकुरीले बक्समा हातले बल छोएपछि झापाले पेनाल्टीमा अपील गरेको थियो तर रेफ्रीले पेनाल्टी भने दिएनन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]