default_image

8 months ago

December 8, 2023

संकटमा सेगुराको झापा!

4188 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

स्पेनिस प्रशिक्षक ओरिओल मोहेदानो सेगुराले नेपाल सुपर लिग सुरु हुने अघिल्लो दिन झापा फुटबल क्लबले प्रतियोगितामा व्यवस्थित फुटबल खेल्ने बताएका थिए । स्पेनकै दुई खेलाडीसहित नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिन्धित्व गरेका आधार दर्जन खेलाडी बोकेको झापा लिगको मध्यान्तरमा आइपुग्दा नै संकटमा परेको छ ।

लिगको ४ खेल सकिँदा जितविहिन रहेको झापाको संकट मैदानभित्र मात्र सिमित छैन, मैदानबाहिर पनि टोलीले कल्पना नै नगरेको समस्याको सामना गर्नुपरेको छ । टोलीका कप्तान तथा स्टार अन्जन विष्ट घाइते हुँदा कमजोर बनेको टोलीमा विदेशी खेलाडी खेल्न नमान्दा समस्या थपिएको छ । त्यसमाथि खेलअघि अफिसियल र खेलाडीबीच ड्रेसिङ रुममा नै भएको झगडाले झापालाई थप पिरोलेको छ ।

झापालाई लिगको सुरुवात अघि नै मिडफिल्डर लाकेन लिम्बुको चोटले नराम्रो झट्का दिएको थियो । राष्ट्रिय टोलीको खेलका दौरान लाकेनले चोट बोकेपछि उनले केही खेल गुमाउने पक्का भएको थियो । उनको स्वास्थ्य स्थिति नियाल्दै झापाले उनलाई कुर्ने निर्णय लियो, चोटको अवस्था सुध्रिए खेलाउने सोचका साथ ।

तर चोटका कारण हरेक खेलमा एकपछि अर्को खेलाडी घाइते हुँदै गएपछि झापाले अन्तत: लाकेनलाई यसपटक लिगमा सहभागी नगराउने पक्का भएको छ । चौथो खेलमा लाकेनको स्थानमा हरी कार्कीको नाम झापाले टिम सिटमा पठायो ।

मिडफिल्डर लाकेन लिम्बु दर्शक दिर्घामा

पहिलो खेलमा अमेरिकी मिडफिल्डर दिराज थजाली घाइते भए । उनको नाक भाँचिएपछि खेल्न नसक्ने अवस्थामा पुगे । सेन्टर मिडफिल्डमा चलायमान देखिएका उनी पहिलो खेलको ७७ मिनेटमा बाहिरीएपछि फेरी खेल्ने सम्भावना कम छ । एनएसएलले यसपटक विदेशी खेलाडी घाइते नै भएपनि परिवर्तन गर्न नपाउने नियम ल्याउँदा झापालाई घाटा भएको छ ।

दोस्रो खेलमा कप्तान अन्जन विष्ट घाइते हुँदै मैदान छाडे । काँधमा सामान्य चोट लागेका उनले त्यसपछि दुवै खेल गुमाएका छन् । तेस्रो खेलमा मिडफिल्डर आवास लामिछाने खेल सकिएपछि मैदानमा ढले । एम्बुलेन्समा राखेर अस्पताल लगिएका उनले चौथो खेलमा पूरा ९० मिनेट खेले । तर उनको प्रदर्शनमा केहि गिरावट भने देखियो ।

दोस्रो खेलमा अन्तिमतिर मिडफिल्डर फर्नान्डो टोरेसलाई प्रशिक्षक सेगुराले परिवर्तन गरेका थिए । तेस्रो खेलमा बेन्चमा सिमित भएका उनी चौथो खेलमा भने दर्शक दीर्घामा पुगे । खेलपछि कुनै किसिमको चोट नलागेका उनलाई किन खेलाइएन भन्ने प्रश्नमा प्रशिक्षक सेगुराले उत्तर दिन चाहेनन् । उनले यसबारे क्लबले चाडैं आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

दर्शकदिर्घामा बसेर खेल हेर्दै दिराज थजाली र फर्नान्डो टोरेस

‘यो प्रश्नबारे मेरो पनि चिन्ता छ । तर यो बारे मैले क्लबबाट नै केहि धारणा आउने अपेक्षा गरेको छु । यसबारे म अहिले केहि पनि बोल्न चाहन्न ।’

त्यसो त क्लबमा अर्का विदेशी खेलाडीसँग एक घटना भएको चर्चा फुटबल वृतमा ढिलो गरि आयो । गत शनिबार पोखराविरुद्ध खेलअघि ड्रेसिङ रुममा एक अफिसियल र विदेशी खेलाडीबीच असमझदारी हुँदा त्यसले झगडाको रुप लिएको थियो । अन्य खेलाडीले दुई जनालाई छुट्टयाउनु परेको घटनाले पनि टोलीको ड्रेसिङ रुममा केहि समस्या रहेको बुझ्न सकिन्छ । मैदानभित्र पनि नेपाली खेलाडीले गरेको गल्तीमा विदेशी खेलाडीले देखाउने भावले टोलीमा एकताको अभाव रहेको देखिन्छ ।

प्रशिक्षक ओरिओल मोहेदानो सेगुरा

स्पेनिस प्रशिक्षकले व्यवस्थित फुटबल खेलाउने लक्ष्य लिएर आएका थिए । तर उनको व्यवस्थापन पक्ष न मैदानभित्र चलेको छ न बाहिर नै । अन्य टोलीको तुलनामा राम्रो नेपाली ‘कोर’ रहेको झापाले विदेशी खेलाडी अनुबन्धमै प्रशिक्षक सेगुराको भर पर्दा समस्या आएको अनुमान गर्न सकिन्छ ।

स्पेनिस प्रशिक्षकको नेतृत्वमा खेल्दा मिडफिल्डर टोरेस सुरुवाती दुवै खेलमा कमजोर प्रदर्शन गरेका थिए । फरवार्ड जोर्गे सान्चेज कानिलासले ४ खेलमा गोल त गर्न सकेका छैनन् नै, उनी टोलीको खेल्ने शैलीमा पनि भिज्नै सकेका छैनन् । शारीरिक रुपमा निपुण उनले विपक्षी डिफेन्स र गोलरक्षकलाई समस्या दिन चुकेका छन् ।

गोलरक्षक स्टेफन कुपिक र डिफेन्डर समन्दर ओचिलोभ भने निकै प्रभावशाली प्रदर्शन गरिरहेका छन् । ओचिलोभ एक खेलमा प्लेयर अफ द म्याच समेत चुनिएका छन् भने गोलरक्षक कुपिकले आफ्नो विदेशी खेलाडीको भूमिकालाई न्याय गरेका छन् ।

चौथो खेलमा लिगको तेस्रो अंक जोडेपछि प्रशिक्षक सेगुरालाई टोली संकटमा रहेको हो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मैले अंक तालिका सोचेको छैन । मैले हरेक खेललाई हेरिरहेको छु । मलाई लाग्दैन हाम्रो सम्भावना सकिएको छ । कम्तिमा पनि ड्रेसिङ रुम र खेलाडीमा त्यस्तो सोच छैन । हामीले अहिले नै हार मानेका छैनौं । अन्य खेलमा होला, फुटबलमा हुन्न ।’

‘अहिलेको अवस्थामा केहि चिन्ता छ । मैले भनिरहेको छु कि म जिम्मेवारी लिन्छु । तर कुनै खेलाडी र यो क्लबका सदस्यलाई म हार मान्ने सोच आउने अवस्था आउन दिन्न ।’

४ खेलमा ३ अंक जोडेको झापाले अब लिगको बाँकी खेलमा अपराजित रहेको धनगढी र ललितपुर तथा चितवन र बुटवलसँग खेल्न बाँकी छ । हाल ३ अंकसाथ आठौं स्थानमा रहेको झापा प्लेअफको स्थानबाट २ अंक मात्र टाढा छ । लिगका प्राय खेल बराबरीमा टुंगेको कारण पनि अंक तालिकामा खासै फरक परेको छैन ।

झापाले मंगलबार बुटवलविरुद्ध खेल्दा विदेशी खेलाडीको समस्या सुल्झाएर कप्तान अन्जन विष्टको पुनरागमनको अपेक्षा राख्नेछ । त्यसो हुन नसके व्यवस्थित फुटबल खेलाउन आएका सेगुराको नेपाली फुटबलमा जितको प्रतिक्षा अझै लम्बिन सक्छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.