default_image

2 years ago

December 9, 2023

आहा! रारा गोल्ड कप माघ दोस्रो साता सुरु हुने

451 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा गोल्ड कप २०८० माघ दोस्रो साता सुरु हुने भएको छ ।

आयोजक सहारा क्लबले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितामा ए डिभिजनका क्लब, नेपाल सुपर लिगका टिम, विदेशी टिम, मोफसल सहित आयोजक सहारा क्लबको टोलीको सहभागिता रहने जनाएको छ ।

गत वर्ष ए डिभिजन क्लब संकटा क्लबले फाइनलमा भुटनिज युथ स्पोर्ट्स क्लब, अमेरिकालाई हराउँदै उपाधि उचालेको थियो ।

पोखरा रंगशालामा हुने प्रतियोगितालाई हिमश्री फुडस प्रा. लि. को मुख्य प्रायोजन तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनका साथ सञ्चालन हुने छ ।

राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ,सहारा यु.के.,सहारा हङकङ, सहारा अष्ट्रलिया समेतको विषेश सहयोग रहने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार प्रतियोगिताबाट बचत हुने रकम क्लब द्धारा संञ्चालित कठिन परिस्थिति एवम् विपन्नबर्गका बालकहरु सम्मिलित सूर्य बहादुर के.सि. स्मृति सहारा आवासिय फुटबल एकेडेमीमा रहेका बालकहरुको निशुल्क शिक्षादिक्षा, स्वास्थ्य फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने छ ।
खेलकुदको विकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौ” भन्ने नाराका साथ फुटबल प्रतियोगिता आयोजना हुनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.