2 years ago
December 9, 2023
दिपक बोहरा, पाँचथर
डाँगीहाट फुटबल क्लब मोरङले बिर्तामोड युनाइटेड झापालाई पराजित गर्दै प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

फिदिम माविको मैदानमा शनिबार भएको फाइनलमा डाँगीहाट २-१ ले विजयी भयो । उपाधिसँगै डाँगीहाटले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र बिर्तामोडले भने २ लाख २ हाजर २ सय २२ रुपैयाँ प्राप्त गर्यो।
डाँगीहाटलाई जित दिलाउन सञ्जय धिमाल र उमेश राईले गोल गरे । बिर्तामोडका योगेश गुरुङले गोल गरेका थिए।
सञ्जयले दशौं मिनेटमा मोरङलाई अग्रता दिलाएका थिए । झापाको कमजोर रक्षपङतिको फाइदा उठाउदै सञ्जयले गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा मोरङका उमेश राईले गोल गर्दै अग्रता दोब्बर पारे । झापाको दुई जना डिफ्रेन्डर लाई छल्दै उमेशले सुन्दर गोल गरेका थिए ।
३५ औं मिनेटमा झापाका प्रदिप बुढाथोकीको प्रहार पोष्टमा लागेर फर्किदा बराबरीको मौका गुमेको थियो । ६७ औं मिनेट झापाका विशाल दर्जिको हेडल बल पुनः पोष्टमा लागेर रिबाउन्ड भएको थियो । बिर्तामोडले ढिला गरि गोल फर्काएको थियो। दोश्रो हाफको इन्जुरी समयमा योगेशले गोल गरे ।
फाइनल खेलमा झापाका प्रदिप बुढाथोकी म्यान अफ द म्याच हुदै ५ हजार रुपैयाँ प्राप्त गरे । मैदान कडा भएको कारण खेलाडी खुलेर खेल्न नसक्दा आफ्नो टिम पराजित हुन परेको बिर्तामोडका प्रशिक्षक राहुल खड्काले बताए । मोरङका प्रशिक्षक राज लिम्बुले टिमको रणनीति सफल हुँदा उपाधि जित्न सफल भएको बताए ।
प्रतियोगिताको व्यक्तिगत बिधा तर्फको पुरस्कारमा पनि डाँगीहाटका खेलाडीहरुको बर्चश्व रहयो । प्रतियागितामा ३ गोल गरेका मोरङका सञ्जय धिमाल उच्च गोल्कर्ता बने र उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मोरङका प्रमिजय गच्छेदार, उत्कृष्ट डिफेन्डर मोरङका मानबाहादुर परियार ,उत्कृष्ट मिडफिल्डर मोरङका उमेश कार्की, उत्कृष्ट प्रशिक्षक मोरङका राज लिम्बु चुनिए । उत्कृष्ट सबैले समान १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उदयमानी खेलाडी पाँचथर फुटबल क्लबका शुकराज राई चुनिए । उनले पनि १० हजार रुपैयाँ प्राप्त गरे ।
डाँगीहाट फुटबल क्लबका अभिषेक लिम्बु सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार रुपैयाँ गरे ।
पाँचथर फुटबल क्लबको आयोजना भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]