2 years ago
December 9, 2023
एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेस विरुद्ध पुनरागमन जित दर्ता गरेको छ । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै लिभरपुलले २-१ को जित निकालेको हो ।

खेलको ५७औं मिनेटमा बेन कवान्साहले जिन-फिलिप मटेटा माथि फाउल गरेपछि प्यालेसले पेनाल्टीमा अग्रता लिने अवसर पाएको थियो । पेनाल्टीमा मटेटा आफैले गोल गर्दै खेलमा अग्रता लिएका थिए ।
तर खेलको अन्त्य तिर लिभरपुलले २ गोल गर्दै जित निकाल्यो । ७५औं मिनेटमा प्यालेसका जोर्डन आयु दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि प्यालेस १० खेलाडीमा सिमित भएको थियो । त्यसको एक मिनेटमा लिभरपुलले खेलमा बराबरी गोल गर्यो ।
मोहम्मद सालाहले कर्टिस जोन्सको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । लिभरपुलले इन्ज्युरी समयको पहिलो मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गर्यो ।
सालाहको पासमा गोल गर्दै हार्भी एलियटले राम्रो फिनिस गर्दै जित सुनिश्चित गरे ।
जित पछि लिभरपुल १६ खेलमा ३७ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनल ३६ अंक सहित दोस्रो छ । पराजित प्यालेस भने १६ खेलमा १६ अंक सहित १५औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]