default_image

1 year ago

December 9, 2023

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

627 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले बर्नमाउथ विरुद्ध ३-० को लज्जास्पद हार बेहोरेको हो ।

शुक्रबार मात्रै युनाइटेडका प्रशिक्षक एरिक टेन हागले प्रिमियर लिगको ‘म्यानेजर अफ द मन्थ’ अवार्ड पाएपछिको खेलमा युनाइटेडले यस्तो हार बेहोरेको हो ।

बुधबार राति चेल्सी विरुद्ध सानदार प्रदर्शन गर्दै २-१ को जित निकालेको युनाइटेड खराब लय छोड्दै राम्रो लयमा आएको आँकलन धेरैले गरेका थिए । तर तीन दिन पछि नै युनाइटेडले यस्तो हार बेहोरेको हो ।

बर्नमाउथले पाँचै मिनेटमा डोमिनिक सोलाङ्किको गोलमा अग्रता लिएको थियो । लुइस कुकको पासमा उनले बक्स भित्रबाट फिनिस गर्दै गोल गरेका थिए ।

६८औं मिनेटमा मार्कस टाभेरनियरको क्रसमा हेडर मार्फत गोल गर्दै फिलिप बिलिङले अग्रता दोब्बर बनाए ।

७३औं मिनेटमा टाभेरनियरकै क्रसमा अर्को हेडर गोल गर्दै मार्कोस सेनेसीले अर्को गोल थपेका थिए ।

खेलको अन्तिम समयमा डाङ्गो क्वाटारले चौथो गोल गरेका थिए तर फाउलका कारण गोल रद्द भएको थियो ।

हार बेहोरेको युनाइटेड १६ खेलमा २७ अंकसहित छैठौं स्थानमा छ । जित हासिल गरेको बर्नमाउथ भने १६ खेलमा १९ अंक सहित १३औं स्थानमा रहेको छ ।

यस्तै सोही समयमा भएका अन्य खेलमा ब्राईटन र बर्नलिले १-१ को बराबरी खेल्दा सेफिल्ड युनाईटेडले ब्रेन्टफर्ड माथि १-० को जित निकाल्यो । यस्तै वल्भस र नटिङ्घम फरेस्टले १-१ को बराबरी खेले ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.