default_image

2 years ago

December 9, 2023

रियल म्याड्रिड बराबरीमा रोकियो

731 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा शनिबार रियल म्याड्रिडले बराबरी खेलेको छ । रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिनमा भएको खेलमा रियल १-१ को बराबरीमा रोकिएको हो ।

खेलको सुरुवाती समयमा नै राम्रो लयमा रहेका रोड्रिगोले सुरुवाती गोल गरेपनि गोल अफसाइडका कारण रद्द हुन पुग्यो । पहिलो हाफमा त्यसबाहेक रियलले स्पष्ट मौकाहरु भने बनाउन सकेन ।

दोस्रो हाफको सुरुवातमा भने रियलले खेलमा अग्रता लिन सफल भयो । जुड बेलिङ्घमले ब्राहिम डियाजलाई पास दिएर बक्स भित्र रन बनाएकोमा डियाजले उनलाई खेलेको सुन्दर पासलाई नियन्त्रणमा लिएर बेलिङ्घमले खेलमा रियललाई अग्रता दिलाएका थिए ।

६६औं मिनेटमा बेटिसले सानदार गोल गर्दै खेलमा फर्कियो । आइटोर रुइबालले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए ।

९०औं मिनेटमा बेटिस जित हासिल गर्नको नजिक आएर चुक्यो । रियलका पूर्व खेलाडी इस्कोको हेडर प्रयास पोस्टमा लागेर फर्किएपछि बेटिस जितको नजिक आएरपनि जित भने निकाल्न सकेन ।

बराबरी पछि रियल पहिलो स्थानमा यथावत नै छ । रियलको १६ खेलमा ३९ अंक रहेको छ भने एक खेल कम खेलेको जिरोनाको ३८ अंक रहँदा १५ खेल खेलेको बार्सिलोनाको ३४ अंक छ । जिरोना र बार्सिलोना आतबार राति एकअर्का सँग भिड्दै छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.