default_image

2 years ago

December 10, 2023

बायर्नको लज्जास्पद हार

949 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले लज्जास्पद हार बेहोरेको छ । बायर्नले घरेलु टोली फ्रान्कफुर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो ।

बायर्नलाई लज्जास्पद हार चखाउन फ्रान्कफुर्टका एरिक इविम्वेले दुई तथा ओमर मारमस, ह्युगो लार्सन र अन्सगर नाउफले समान एक गोल गरे । बायर्नका योसुवा किम्मिखले एक गोल फर्काए ।

फ्रान्कफुर्टमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको १२औं मिनेटमा ओमर मारमसको गोलबाट अग्रता लिएको थियो । ३१औं मिनेटमा एरिकले गोल गर्दै फ्रान्कफुर्टको अग्रता दोब्बर पारे ।

३६औं मिनेटमा ह्युगो लार्सनले गोल गरेपछि बायर्न खेलमा ३–० ले पछि पर्यो । ४४औं मिनेटमा योसुवा किम्मिखले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने संकेत दिए ।

तर, दोस्रो हाफमा पनि बायर्नको आक्रमण झनै फितलो बन्दा बुन्डेसलिगाको यो सिजनमा पहिलो हार बेहोर्न पुग्यो । बायर्नका साने बाहेक अन्यको प्रदर्शन बिर्सनलायक रह्यो ।

अर्काेतर्फ सानदार प्रदर्शन गरिरहेको फ्रान्कफुर्टले दोस्रो हाफमा १० मिनेटको अन्तरमा दुई गोल गर्दै बायर्नलाई लज्जास्पद हार चखाए । ५०औं मिनेटमा एरिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दा फ्रान्कफुर्ट खेलमा ४–१ ले अघि बढ्यो ।

६०औं मिनेटमा अन्सगरले गोल गर्दै टोलीलाई सानदार जित दिलाए । यस जितले फ्रान्कफुर्टले लगातार चार हारको श्रृंखलालाई पूर्णविराम लगाएको छ ।

यस जितसँगै फ्रान्कफुर्ट १४ खेलबाट २१ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । सिजनको पहिलो हार बेहोरेको बायर्न १३ खेलबाट ३२ अंक जोडेर दोस्रो स्थानमा रहँदा शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।

बुन्डेसलिगाकै अर्काे खेलमा बोरुसिया डर्टमुन्ड आफ्नै मैदानमा आरबी लाइप्जिगसँग ३–२ ले पराजित भएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.