2 years ago
December 10, 2023
एजेन्सी – शीर्ष दौडमा रहेको लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लासँग स्तब्ध बनेको छ ।आर्सनल घरेलु टोली एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको हो ।

आर्सनललाई स्तब्ध पार्न एस्टन भिल्लाका जोन म्याक्जिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यस हारले आर्सनलले आफ्नो शीर्षतासमेत गुमाएको छ ।
भिल्ला पार्क बर्मिङहममा शुक्रबार राति भएको खेलमा घरेलु टोली भिल्लाले खेलको सातौं मिनेटमा नै म्याक्जिनको गोलबाट अग्रता बनाएको थियो । उनले लियोन बेइलीको पासमा गोल गर्न सफल भएका थिए ।
अन्ततः त्यही गोल नै आर्सनललाई पराजित गर्न पर्याप्त बन्यो । भिल्लाले उक्त गोलको अग्रतालाई कायम राख्दै आर्सनलबाट ३ अंक खोस्न सफल भयो ।
सुरुमै पछि परेको आर्सनलले खेलमा बल पोसेसन राख्दै दवाव कायम गरेपनि भिल्लाका अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले सानदार प्रदर्शन गर्दा हार टार्न नसक्दा सिजनको दोस्रो हार बेहोर्न पुग्यो ।
यस जितसँगै भिल्ला १६ खेलबाट ३५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा शीर्षस्थानको लिभरपुल र दोस्रो स्थानको आर्सनलसँगको अंक दुरी छोट्याएको छ । शीर्षस्थानको लिभरपुलको ३७ अंक तथा पराजित आर्सनल ३६ अंक जोडेर दोस्रो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]