default_image

9 years ago

January 22, 2017

कोस्टाको पुनरागमनमा चेल्सीको जित

149 views

0 Bookmark

लन्डन (एजेन्सी)– रेलिगेसन क्षेत्रमा रहेको हल सिटीलाई सोमबार २–० ले हराउँदै शीर्षस्थानको चेल्सीले प्रिमियर लिगमा अंक अन्तरलाई अझै बढाएको छ । दुई हाफमा एक एक गोल गर्दै चेल्सीले हलमाथि जित हासिल गरेको थियो ।

chahill-1

चोटका कारण अघिल्लो साता लेस्टरसँगको खेल गुमाएका डिएगो कोस्टाले पुनरागमन गरेको खेलमा पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयको सातौं मिनेटमा मोसेसको क्रसमा उनले गोल गरेका थिए । चेल्सीको अग्रता जोगाइराख्न गोलकिपर थिबाउट कार्टोइसको भूमिका महत्वपूर्ण रह्यो । उनले ह्यारी माग्युरी, डेभिड मेलेर र उमार नियासीको प्रहारलाई रोकेका थिए ।

costa1

तर, ग्यारी काहिलले खेल सकिन ९ मिनेटअघि हेडमार्फत गोल गरेपछि चेल्सीको जित सहज बनेको थियो । सेस फाब्रिगासको फ्रिकिकमा नजिकबाट काहिलले गोल गरेका थिए । जितपछि दोस्रो स्थानको आर्सनललाई चेल्सीले ८ अंकले पछि पारेको छ । १६ अंक जोडेको हल सिटी अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

चेल्सीको जित अघि आइतबार आर्सेनलले इन्जुरी समयको आठौं मिनेटमा पेनाल्टीमा गोल गर्दै बर्नलीमाथि २–१ ले जित निकालेको थियो । इन्जुरी समयमा दुई गोल भएको खेल आर्सनलले दस खेलाडीमा सिमित हुँदै अन्त्य गरेको थियो । लाउरेन्ट कोसिन्लेलाई पेनाल्टी बक्समा बेन मिले फाउल हानेपछि इन्जुरीको आठौं मिनेटमा आर्सनलले पेनाल्टी पाएको थियो । एलेक्स सान्चेजले पेनाल्टीमा गोल गर्दै आर्सनललाई जित दिलाए ।

त्यसअघि इन्जुरी समयको तेस्रो मिनेटमा आन्द्रे गेरीले पेनाल्टीमा बर्नलीका लागि बराबरी गोल गरेका थिए । मेसुट ओजिलको कर्नरमा सोर्डान मुस्तफीले हेड गोल गर्दै आर्सनललाई ५९ औं मिनेटमा अग्रता दिलाएका थिए । ६५ औं मिनेट ग्रेनिट झाकाले रातो कार्ड पाएपछि आर्सनल दस खेलाडीमा सिमित भएको थियो । २२ खेलमा आर्सनलको ४७ अंक पुगेको छ भने शीर्षस्थानको चेल्सीको ५५ अंक छ ।
आइतबार नै अर्को खेलमा चार खेलको लगातारको हारको श्रृखंलालाई टुंगाउने क्रममा साउथ ह्याम्टनले साविक विजेता लेस्टर सिटीलाई ३–० ले हरायो । जेम्स वर्ड प्रोसेले २६ औं मिनेटमा पहिलो गोल गरे भने अर्को गोल ३९ औं मिनेटमा जाय रोड्रिग्युजले गरे । टोलीका लागि डुसान टाडिकले खेल सकिन ४ मिनेटअघि तेस्रो गोल गरेका थिए ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.