default_image

2 years ago

December 12, 2023

पहिलो जितको खोजीमा झापा

364 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको एक मात्र खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लब भिड्दैछन् । खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।

बुटवल लुम्बिनीले पहिलो दुई खेलमा हार बेहोर्दै खराब सुरुवात गरेपनि त्यसयता राम्रो लय समातेको छ । उसले आफ्नो पछिल्ला तीन मध्ये दुई जितेको छ र सात अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

बुटवलले सिजनको पहिलो खेलमा ललितपुरसँग पूरै हावी हुँदा दोस्रो खेलमा धनगढीविरुद्ध इन्ज्युरी टाइममा हार बेहोरेको थियो । अर्को खेलमा एरिक बिष्टको विशेष गोलले बुटवललाई पहिलो जित दिलायो। बुटवलले एफसी चितवनविरुद्धको खेलमा इन्ज्युरी समयमा बराबरी गर्दै एक अंक हासिल गर्यो ।

बुटवलले पछिल्लो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई पहिलो हार चखाएको थियो । कप्तान एरिक विष्ट राम्रो लयमा देखिएका छन् भने फरवार्ड स्टेफन बिनोङले पनि अहिलेसम्म तीन गोल गरिसकेका छन् । फरवार्ड जिलेस्पी जंग कार्की विंगरको भूमिकामा प्रभावशाली देखिएका छन् ।

अर्कोतर्फ झापा एफसी जितबिहिन छ । झापाले हिलो खेलमा हार बेहोरेको थियो भने त्यसपछि लगातार तीन खेल बराबरी खेलेको छ । झापाले गोल गर्न नै संघर्ष गरिरहेको छ भने स्ट्राइकर जोर्गे सान्चेजले खेलमा प्रभाब छैनन् ।

विशेष गरी लकेन लिम्बुले चोटका कारण कुनै खेल नखेल्ने पक्कापक्कि नै भैसकेको छ । उता मार्की खेलाडी अञ्जन विष्ट आज टोलीमा फर्किने अपेक्षा गरिएको छ । चोटका कारण उनले पछिल्ला दुई खेल गुमाएका थिए ।

झापाका लागि आज राष्ट्रिय टोलीका डिफेन्डर योगेश गुरुङ टोलीमा हुने छैनन् । वीरगन्ज विरुद्ध खेलमा रातो कार्ड पाएका उनी आज बाहिर रहनेछन् । पछिल्लो खेल गुमाएका प्रदीप लामा भने टोलीमा फर्कनेछन् ।

एनएसएलको अंक तालिका, खेल तालिका लगायत सम्पूर्ण तथ्यांक र जानकारी

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.