2 years ago
December 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको एक मात्र खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लब भिड्दैछन् । खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।

बुटवल लुम्बिनीले पहिलो दुई खेलमा हार बेहोर्दै खराब सुरुवात गरेपनि त्यसयता राम्रो लय समातेको छ । उसले आफ्नो पछिल्ला तीन मध्ये दुई जितेको छ र सात अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।
बुटवलले सिजनको पहिलो खेलमा ललितपुरसँग पूरै हावी हुँदा दोस्रो खेलमा धनगढीविरुद्ध इन्ज्युरी टाइममा हार बेहोरेको थियो । अर्को खेलमा एरिक बिष्टको विशेष गोलले बुटवललाई पहिलो जित दिलायो। बुटवलले एफसी चितवनविरुद्धको खेलमा इन्ज्युरी समयमा बराबरी गर्दै एक अंक हासिल गर्यो ।
बुटवलले पछिल्लो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई पहिलो हार चखाएको थियो । कप्तान एरिक विष्ट राम्रो लयमा देखिएका छन् भने फरवार्ड स्टेफन बिनोङले पनि अहिलेसम्म तीन गोल गरिसकेका छन् । फरवार्ड जिलेस्पी जंग कार्की विंगरको भूमिकामा प्रभावशाली देखिएका छन् ।

अर्कोतर्फ झापा एफसी जितबिहिन छ । झापाले हिलो खेलमा हार बेहोरेको थियो भने त्यसपछि लगातार तीन खेल बराबरी खेलेको छ । झापाले गोल गर्न नै संघर्ष गरिरहेको छ भने स्ट्राइकर जोर्गे सान्चेजले खेलमा प्रभाब छैनन् ।
विशेष गरी लकेन लिम्बुले चोटका कारण कुनै खेल नखेल्ने पक्कापक्कि नै भैसकेको छ । उता मार्की खेलाडी अञ्जन विष्ट आज टोलीमा फर्किने अपेक्षा गरिएको छ । चोटका कारण उनले पछिल्ला दुई खेल गुमाएका थिए ।
झापाका लागि आज राष्ट्रिय टोलीका डिफेन्डर योगेश गुरुङ टोलीमा हुने छैनन् । वीरगन्ज विरुद्ध खेलमा रातो कार्ड पाएका उनी आज बाहिर रहनेछन् । पछिल्लो खेल गुमाएका प्रदीप लामा भने टोलीमा फर्कनेछन् ।
एनएसएलको अंक तालिका, खेल तालिका लगायत सम्पूर्ण तथ्यांक र जानकारी
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]