default_image

9 years ago

January 22, 2017

नेपाल सम्मिलित एएफसी एसियन कप छनोटको ‘ड्र’ आज

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई महिना पछि सुरु हुने एएफसी एसियन कप छनोटअन्तर्गत समूह विभाजनको ड्रमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोलीका जापानी प्रशिक्षक ग्योतुको कोजी आइतबार नै संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी पुगिसकेको छन् । ड्र सोमबार हुँदैछ ।

solidarity-cup-winner-nepal

एएफसी सोलिडारिटी कपको विजेता रहेको नेपालले छनोटमा ग्वामको सहभागिता नहुने भएपछि त्यो ठाँउमा मौका पाएको थियो । नेपाल जस्तै सोलिडारिटी कपको फाइनल पुगेको मकाउनले पनि कुवेतको सट्टा छनोट खेल्ने अवसर पाएको छ । एसियन कप छनोट चैत १० गतेबाट सुरु हुनेछ ।
एसियन कप छनोट खेल्ने २४ टोलीलाई फिफा वरियताको आधारमा चार पटमा विभाजन गरिएको छ । प्रत्येक पटमा ६ राष्ट्र रहेका छन् । २४ टोलीलाई ६ समूहमा विभाजन गरिने छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई बर्षपछि हुने एसियन कपमा प्रतिस्पर्धा गर्न पाउनेछन् । नेपालसहित पट ‘डी’ मा मकाउ, भुटान, मलेसिया, कम्बोडिया र सिंगापुर छन् ।

पट ‘ए’ मा जोर्डन, ओमान, फिलिपिन्स, बहराइन, किर्गिस्तान र उत्तर कोरिया छन् । भारत, प्यालेस्टाइन, भियतनाम, ताजिकिस्तान, हङकङ र तुर्कमिनिस्तान पट ‘बीमा छन् । त्यस्तै पट ‘सीमा माल्दिभ्स,यमन, लेबनान, अफगानिस्तान, चाइनिज ताइपे र म्यानमार छन् । प्रत्येक पटबाट अलग छ समूहमा १/१ टोली पर्नेछन् ।

asian-cup-draw

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.