2 years ago
December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयको आठौं मिनेटमा गरेको विवादास्पद पेनाल्टी गोलमा वीरगन्ज युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिगमा पहिलो जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा इलामले सुरुवाती अग्रता लिएपनि वीरगन्जले पुनरागमन गर्दै २-१ को जित दर्ता गरेको हो । आशिष चापागाईले इलामलाई अग्रता दिलाएका थिए । वीरगन्जले भिषण गुरुङको गोलमा बराबरी गरेको थियो भने विलियम ओपोकुको पेनाल्टीमा जित पक्का गर्यो ।
खेलको पहिलो मौका भने पहिलो मिनेटमा नै वीरगन्जले बनाएको थियो । भिषण गुरुङले भरत खवासको खुट्टाबाट बल चोरेर दिएको पासमा विलियम ओपोकुले बक्स भित्रबाट पोस्टको माथि प्रहार गरे ।
त्यसपछि केहीबेर खेलमा मौकाहरु बनेनन् । तर १५औं मिनेटमा भने इलामले खेलमा अग्रता लियो । बक्सको बायाँपट्टिबाट आएको पासलाई नियन्त्रणमा लिएर आशिष चापागाईंले जालिको माथिल्लो भागमा प्रहार गर्दै इलामलाई अग्रता दिलाए ।
१८औं मिनेटमा इलामकै इब्राहीम जितेको पासमा फोडे कमाराले पनि पोस्टमा प्रहार गर्न सकेनन् । २०औं मिनेटमा सुरज बस्नेतको क्रसमा ओमार थिओमको एक्रोब्याटिक प्रहार पनि पोस्टको माथिबाट बाहिरिन पुग्यो ।
२१औं मिनेटमा इलाम गोलरक्षक विकेश रातो कार्ड पाउनबाट बचे । बक्स बाहिर आएर बललाई हातले छोएपनी रेफ्रीले कार्ड दिएनन् । अर्को मिनेटमा ओपोकुको कर्नरमा आईकिन्स बाफुरको प्रहार सुरज बस्नेतले गोल लाइन बाट क्लियर गरे ।
३३औं मिनेटमा वीरगन्जले बराबरी गोल गर्यो । सुशील लामाले बक्स बाहिरबाट खेलेको क्रसमा भिषणले रन बनाउँदै खाली रहेको अवस्थामा विकेशको खुट्टा मुनिबाट गोल गर्दै खेल बराबरीमा ल्याए ।
३४ औं मिनेटमा इलामका अमाथ एनडअ रेफ्रीको खराब निर्णयबाट भाग्यमानी सावित भए । उनले मिडफिल्डमा सुदीप गुरुङविरुद्ध दुवै खुट्टा उचालेर गरेको ट्याकलमा बल नभेटेपनि रेफ्री कविन ब्यन्जनकारले पहेंलो कार्ड मात्र देखाए ।
३७औं मिनेटमा दिपेन्क राज ठकुरीले बक्स बाहिरबाट गरेको प्रहार विकेशले सहजै समाते । इन्ज्युरी समयमा अमाथ एनडअको पेनाल्टी क्षेत्र बाहिरको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो ।
७१ औं मिनेटममा वीरगन्जले अग्रता लिने सुवर अवसर खेर फाल्यो । तेज तामाङको क्रसमा कृपा कान्त महतो बलसम्म पुग्न नसक्दा भिषणको प्रहार बाहिरियो । त्यसपछि दिपेन्कको क्रसमा ओपोकुको प्रहार थोरैले बाहिरियो ।
८५ औं मिनेटमा आशिष चापागाईको प्रहारले पोस्टको दिशा लिन सकेन ।
इन्ज्युरी समयको छैटौं मिनेटमा वीरगन्जले विवादास्पद पेनाल्टी पायो । रेफ्री ब्यन्जनकारले पेनाल्टी दिएपछि इलामका खेलाडी रुष्ट बनेका थिए । प्राप्त पेनाल्टीमा विलियमले गोल गर्दै जित पक्का गरे ।
वीरगन्जको यस जितसँगै ५ खेलमा ५ अंक छ । इलामको ६ खेलमा ४ अंक छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]