9 years ago
January 23, 2017
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी नवीन न्यौपानेका प्रशिक्षकका रुपमा पछिल्लो छ महिना निकै अर्थ पूर्ण रहेको छ ।

खेलाडी प्रशिक्षकका रुपमा झन्डै दुई दशक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीमा रहेका न्यौपानेले विभागिय टोली सम्हालेको ६ महिना मात्र पुग्दैछ । यो छ महिनाको बीचमा उनको नेतृत्व हेर्ने हो भने लोभलाग्दो नै छ । उनको प्रशिक्षणमा आर्मीले ७ वटा प्रतियोगिता खेल्दा ६ वटाको फाइनलमा पुगिसकेको छ । त्यसमध्ये नेपाल कप, दुहबी गोल्डकप, टेबोर्ग हेटौडा गोल्डकप जितेको आर्मी विकास रनिङ र सातौं राष्ट्रिय खेलकुदमा दोस्रो भएको थियो । सुरुगां गोल्डकप र सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकपमा भने पहिलो चरणबाटै बाहिरिएको थियो । अहिले आर्मी अर्को मिसन लिएर पोखरा आइपुगेको छ । १५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलबाट आर्मीले पोखरा मिसनको सुरुआत गर्दैछ । राष्ट्रिय फुटबलमा स्थापित हुने क्रममा रहेको झापा ११ सँग खेल्दै आर्मीले यसपटकको यात्रा सुरु गर्दैछ । काँकरभिट्टा गोल्डकप जितेर पोखरा आइपुगेको झापा फर्ममा रहेको टोली हो । पछिल्ला दुई बर्षले घरेलु फुटबलमा उच्च प्रदर्शन गर्ने मध्येको झापाले एएनए यूएसएलाई ४–१ ले हराएर आहा राराको यात्रा सुरु गरेको थियो । दुवै टोली प्रशिक्षकले एकअर्काको टोलीको सम्मान गर्दै जित्ने अपेक्षा राखेका छन् । चोटग्रस्त कप्तान योगेश गुरुङलाई लिएर झापाका प्रशिक्षक सञ्जय राई उत्साहित छन् । ‘हाम्रो टोलीको मनोबल उच्च छ ’ राईले भने, ‘सबै खेलाडी फिट छन् । योगेश फर्केकोले हाम्रो टोली थप बलियो भएको छ ।’ टोलीका मुख्य स्ट्राइकर कर्ण सुब्बा लिम्बु फर्ममा छन् भने टोलीका अन्य खेलाडीले पनि उच्च प्रदर्शन गर्दैै आएका छन् । आर्मीलाई बलियो टोली मान्ने राई भन्छन्,‘राम्रो टोलीसँग खेल्दा अर्को आनन्द आउँछ । बराबरीको टक्कर हुन्छ । हामी जित्ने प्रयास गर्नेछौं ।’ यो बर्ष आर्मी र झापा पहिलो पटक एकअर्काको सामना गर्दैछन् ।
उता आर्मीका प्रशिक्षक न्यौपाने अहिले सम्म जित्न नसकेको आहा रारा गोल्डकप जिताउनेमा दृढ छन् । खेलाडीका रुपमा मनाङले जितेका चारै संस्करणमा सदस्य रहेका न्यौपाने यसपटक प्रशिक्षकका रुपमा जित्नेमा आशावादी छन् । ‘आर्मीले तीन पटक फाइनल खेलेर पनि आहा जित्न सकेको छैन ’ उनले भने, ‘यसपटक पनि हामी च्याम्पियन बनेर फर्कने लक्ष्यका साथ यहाँ आएका छौं । आहा गोल्डकप जित्नुको घरेलु फुटबलमा ठूलो महत्व छ । जित्न सक्दा क्लबका लागि ठूलो सफलता हुनेनै छ, मेरालाई पनि राम्रो हुनेछ ।’ तर पनि झापा जस्तो बलियो टोलीलाई जित्नु सहज नहुने न्यौपानेले राम्ररी बुझेका छन् । ‘झापाले राम्रो गरिरहेको छ’ उनले भने, ‘हामीले पनि राम्रै गरिरहेका छौं । आज सफलता मिल्नेमा हामी आशावादी छौं । टोली मानसिक रुपमा त्यसका लागि तयार छ । खेलाडी पनि सबै फिट छन् ।’ राष्ट्रिय टोलीका स्ट्राइकरद्वय भरत खवास र नवयुग श्रेष्ठ तथा गोलकिपर विकेश कुथु टोलीका मुख्य खेलाडी हुन् । सन्तोष लामा र टोलीका अन्य खेलाडीले पनि उच्च प्रदर्शन गर्नुले टोली एउटा सम्पूर्ण रुपमा बलियो टोलीका रुपमा स्थापित छ । न्यौपानेले २०५४ साल देखि २०७२ सम्मबीचको ४ बर्षबाहेक उनी मनाङमा आबद्ध रहे । खेलाडीका रुपमा मनाङमा चार पटक ए डिभिजन लिग, ४ पटक आहा रारा गोल्डकप लगायत घरेलु फुटबलका लगभग सबै उपाधि जितेका छन् । अब उनको लक्ष्य प्रशिक्षकका रुपमा आर्मीलाई जति सक्दो उपाधि दिलाउनु रहेको छ । २०६३ देखि दुई बर्ष एनआरटी र त्यसपछिको दुई बर्ष हिमालयन शेर्पामा खेलेर उनी पुनः मनाङ फर्केका थिए । मनाङमा उनले पछिल्लो एक बर्ष प्रशिक्षकको भुमिका निर्वाह गरे । खेलाडीका रुपमा एक बर्ष प्रतिबन्धमा पर्दा उनले मनाङलाई मंगोलियामा भएको एएफसी प्रेसिडेन्ट्स कपमा छनोट चरण पार गराएका थिए । घरेलु फुटबलमा अलराउन्डरको छवि बनाएका न्यौपानले सन् २००० देखि २००८ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । जहाँ उनले १८ अन्तर्राष्ट्रिय खेलमा देशको प्रतिनिधित्व गरे । व्यवसायिक फुटबल खेलाडीका रुप सफलता प्राप्त गरेका न्यौपानेलेको अहिले लक्ष्य प्रशिक्षकका रुपमा पनि त्यत्तिनै सफल हुनु रहेको छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]