default_image

2 years ago

December 15, 2023

पहिलो हाफमा झापा र ललितपुरको बराबरी

285 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोली स्पष्ट अवसर सिर्जना गर्न सकेका छैनन् । ललितपुरका दिनेश हेन्जनले खेलको सुरुवाती समयमा गरेको प्रहार क्रसबारमा लाग्दा खेल गोलरहित रहेको थियो ।

दुवै टोलीले आजको सुरुवाती ११ मा कुनै परिवर्तन गरेका छैनन् । झापाका नियमित डिफेन्डर योगेश गुरुङ एक खेलको निलम्बन पछि टोलीमा फर्किएपनि प्रशिक्षक ओरीओल सेगुराले पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेका विशाल बस्नेतलाई नै निरन्तरता दिएका छन् ।

चौथो मिनेटमा ललितपुर सिटी एफसी अग्रता लिनबाट थोरैले मात्र चुक्यो । दिनेश हेन्जनले बक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेपछि झापा पछि पर्नबाट बच्न सफल भयो ।

सातौं मिनेटमा अन्जन विष्टको पासमा आवास लामिछानेले बक्स बाहिरबाट लिएको प्रहारमा उनले सोचेजस्तो सम्पर्ण बनाउन सकेनन् ।

१३औं मिनेटमा मिडफिल्डमा विवेक पौडेलले बल नियन्त्रणमा लिन नसकेपछि झापाका सुमित श्रेष्ठले मौकाको फाइदा उठाएर अन्जन विष्टले लागि खेलेको पासमा ललितपुरका फ्रेन्च गोलरक्षक जेफ्री बाल्टुस लाइन अगाडि आएर बल समाते ।

२३औं मिनेटमा अन्जन विष्टका लागि वान अन वान अवसर सिर्जना हुँदा अन्तिम समयमा सनीश श्रेष्ठको ट्याकलले झापा अग्रता बनाउनबाट चुक्यो ।

३७औं मिनेटमा ललितपुरका निखिल कदमको क्रसमा इमोह इजीकिएलको हेडरले पोस्टको दिशा लिन सकेन ।

४५औं मिनेटमा अनन्त तामाङको गल्ती पछि बाल्टुसले ललितपुरको बचाउ गरे । छिरिङ गुरुङको क्रस क्लियर गर्ने क्रममा राम्रो सम्पर्क नबनाएर अनन्त चिप्लिएपछि जोर्जगे सान्चेजका लागि अवसर बनेको थियो । तर बाल्टुसले सान्चेजको प्रहार आफ्नो खुट्टाले बचाए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.