default_image

9 years ago

January 23, 2017

झापालाई हराउँदै आर्मी सेमिफाइनल

343 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) –  त्रिवुभन आर्मी क्लब १५ औं आहा रारा गोल्डकपको सेमिफाइनल पुगेको छ । पोखरा रंगशालामा सोमबार रमपम झापा ११ लाई २–० ले गोलले हराउदै आर्मीले आयोजक सहारा क्लब सगँको भेट पक्का गरेको छ । राष्ट्रिय टोलीका स्ट्राइकर समेत रहेका नवयुग श्रेष्ठ र भरत खवासले हाफमा गोल गरेपछि सेनाले जित निकालेको हो । सहारा र आर्मीबीच माघ १२ गते सेमिफाइनल हुनेछ ।

nawayog-shrestha

खेलको ४८ औ मिनेटमा नवयुगले  गोलको खाता खोले । सन्तोष तामाङको पासमा गोलकिपर बिट भइसकेपछि नवयुगले हेडमार्फत गोल गरेका थिए । खेलको ६९ औ मिनेटमा भरतले गोल गरे । करिब मैदानको मध्ये भागबाट बल एक्लै अघि बढाउँदै भरतले सेकेन्ड बार च्यापेर गोल गरेका थिए ।

एएनएमाथि ४–१ को सहज निकाल्दै अघि बढेको झापा सेनाको टोलीसँग भने प्रभावकारी हुन सकेन । टोलीले गोलका केही अवसर गुमाएको थियो ।  ५८ औ मिनेटमा झापाका योगेश गुरुङले वान भर्सेस वानमा गोल गर्न सकेनन् । ८२ औ मिनेटमा झापाकै रन्जित श्रेष्ठको फ्रिकिक प्रहार गोलकिपर मुस्किलले जोगाए । आर्मीका लागि १३ औ मिनेटमा सन्तोषको फ्रिकिक बारमा लागेर फर्केको थियो ।

आर्मी र झापाबीचको प्रतिस्पर्धा । तस्बिर - युनिस गुरुङ

आर्मी र झापाबीचको प्रतिस्पर्धा । तस्बिर – युनिस गुरुङ

तीन पटक फाइनल खेलिसकेको आर्मीले अहिले सम्म आरा रारा गोल्डकप जित्न सकेको छैन । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब, रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबले समान ४ पटक उपाधि जितेका छन् । सहारा क्लबले २०५८ पहिलो पटक आयोजना गरेको क्याराभान गोल्डकप जोड्दा पुलिसले पाँच पटक उपाधि जितेको छ । तीन क्लब मनाङ, पुलिस र थ्री स्टारबाहेक आयोजक सहारा र अफ्रिकन युनाइटेड क्लबले एक एक पटक उपाधि जितेका छन् ।

आहा रारा गोल्डकपमा मंगलबार तेस्रो क्वार्टरफाइनल
सिएमजी क्लब संकटा र फरासगानी एससी,बंगलादेश

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.