2 years ago
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग ( एनएसएल) मा सोमबार साँझ काठमाडौं रेजर्स र धनगढी एफसी बीचको खेल हुँदैछ ।

पहिलो संस्करणको फाइनल खेलमा यि दुई टोली बीचको खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने छ । त्यतिबेला फाइनलमा काठमाडौंले धनगढीलाई १-० ले हराएको थियो। लिग चरणमा धनगढीले काठमाडौंलाई ३-० ले हराएको थियो।
धनगढी ५ खेलमा ११ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा काठमाडौं भने समान खेलमा ८ अंकका साथ चौथो स्थानमा छ । आज जित हासिल गर्न सकेमा बराबरी अंक भएतापनि हेड टु हेडका आधारमा काठमाडौं शीर्ष स्थानमा उक्लिने छ । यस्तै धनगढी पनि पहिलो स्थानमा अग्रता बढाउने तरखरमा हुने छ ।
धनगढी अहिलेसम्म अपराजित रहेको छ । काठमाडौं भने बुटवल लुम्बिनी एफसीसँग पराजित भएको थियो ।
धनगढी डिफेन्डर रण्डीप पौडेलको बिना नै मैदान उत्रिनु पर्ने छ । उनी तीन पहेँलो कार्ड खाएका कारण निलम्बनमा परेका हुन् ।
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह दशरथ रंगशालामा आजको लागि राखिएको हुनाले हिजो र आजका लागि निर्धारण गरिएका दुई खेल प्रभावित भएका हुन् ।
काठमाडौं र धनगढी हिजो बेलुका ५ बजे खेल्ने निर्धारित गरिएको थियो । यस्तै आजको लागि निर्धारित ललितपुर सिटी एफसी र स्पोर्टिङ्ग इलाम एफसी बीचको खेल मंगलबार दिनको १ बजे हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]