2 years ago
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग ( एनएसएल) को गत संस्करणको विजेता र उपविजेता टोली काठमाडौं रेजर्स र धनगढी एफसीले दशरथ रंगशालामा सोमबार अंक बाँडेका छन् । खेल १-१ को बराबरीमा सकिएपछि दुबैले समान टोलीले १ अंक प्राप्त गरे ।

काठमाडौँले यस खेलमा लागि दुई परिवर्तन गरेको थियो । राजीव लोप्चन र खमीर गिल्सनको स्थानमा प्रशान्त अवस्थी र हिसुब थपलियाले सुरुवाती ११ मा मौका पाएका थिए । उता धनगढीले भने यस खेलमा निलम्बनमा पारेका रण्डिप पौडेलको स्थानमा आशिष चौधरीलाई सुरुवाती ११ मा राखेको थियो ।
पछिल्लो संस्करणका शीर्ष दुई टोली यसपटक पनि राम्रै लयमा रहेका छन् । दुवै टोलीले खेलको अन्तरालमा धेरै मौकाहरु बनाएपनी खेलमा जित हासिल गर्न भने सकेनन् ।
१५औं मिनेटमा धनगढीले खेलमा अग्रता लिन सफल भयो । फलु डियाग्नेको क्लियर गरेको बल काठमाडौंका आन्द्रेस नियाले किपरलाई पास दिन खिन्दा अहमद हिजाजीले बलमा पुगेर किपर एन्जल श्रेष्ठ माथि चिप गर्दै अग्रता दिलाए ।
अर्को मिनेटमा नै काठमाडौँले बराबरी गर्ने मौका खेरा फाल्यो र धनगढीले राहतको सास फेर्यो । तोजीदिनोभको क्रस देवेन्द्र तामाङले क्लियर गर्न नसकेपछि बल क्रसबारमा लागेर फर्कियो र प्रशान्त अवस्थीको खुट्टामा पुग्यो । उनले सिक्स यार्ड बक्सको छेउ बाट बललाई पोस्टको माथि प्रहार गरे ।
२०औं मिनेटमा काठमाडौँका मार्की हिसुब थपलियाको प्रहार टिकेन्द्र सिंह थापाले बचाए । २३औं मिनेटमा तोजीदिनोभको फ्रिकिक सिधै वालमा लागेर फर्कियो ।३०औं मिनेटमा उनकै बक्स बाहिरबाट लिएको प्रहार डिफ्लेक्ट भएर पोस्ट बाहिर जान पुग्यो ।
पहिलो हाफको अन्तिम समय तिर फलु डियाग्नेको फ्रिकिक वालमा लागेर ओलावालेको खुट्टामा पुगेपछि उनले हिजाजीको लागि खेलेको पासमा हिजाजीको प्रहार एन्जलले बचाउ गरे ।
५३औं मिनेटमा रोहन कार्कीले क्लियर गरेको बल ओलावालेका लागि अवसरको रूपमा सिर्जना भयो । वान अन वान जस्तो देखिएको सो अवसरमा उनलाई नियाले रोक्न सफल भए । त्यसको दुई मिनेट पछि काठमाडौंका शोखरूखको प्रहार टिकेन्द्रले बचाएपछि देवेन्द्रले क्लियर गरे ।
६१औं मिनेटमा आशिष चौधरीको क्रसमा फोडे फोफानाको हेडर एन्जलले बचाए । ६४औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकना रिचार्ड अग्यमाङको हेडर पोस्टको दिशा लिन सकेन ।
६६औं मिनेटमा भने काठमाडौँले बराबरी गोल गर्यो । तोजीदिनोभको क्रसमा किंगे ओलिभरले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
६८औं मिनेटमा काठमाडौं अग्रता लिनको धेरै नजिक आइपुग्यो । शोखरूखको पासमा तोजीदिनोभको प्रहारमा चाहेजस्तो सम्पर्क बन्न सकेन ।
७३औं मिनेटमा तोजीदिनोभको राम्रो क्रस टिकेन्द्रले समाते । ८०आई मिनेटमा रामचन्द्र वाजीको थ्रु-पासमा हिजाजीको प्रहार पोस्ट माथिबाट बाहिरियो ।
८६औं मिनेटमा कमलको क्रसमा अभिषेक गुरुङको हेडर पोस्टको निकै नजिकबाट बाहिरियो ।
धनगढी अहिलेसम्म अपराजित रहँदै ६ खेलमा १२ अंक जोड्दै पहिलो स्थानमा छ । काठमाडौं भने ५ खेलमा ९ अंक सहित चौथो स्थानमा यथावत छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]