काठमाडौं, असोज ५ गते ।
यही आउंदो असोज १८ देखी काठमाडौं एफ सिले चन्द्रागिरी नगरपालिकाको नैकाप खेल मैदानमा तपाईं हाम्रो फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको टिम प्रवेस शुल्क ७५०० निर्धाराण गरिएको छ र ४० टिम ले सहभागिता जनाउने अनुमान गरिएको छ । प्रतियोगिता जित्ने टोलिले नगद रु एक लाख एक सय प्राप्त गर्ने छ ।
यस प्रतियोगिताको कुल बजेट करीब आठ लाख रहेको आयोजकले जानकारी दिए । प्रतियोगितालाई तपाईं हाम्रो सहकारी लिं ले मुख्य प्रायोजन गर्ने भएको छ । दोस्रो हुने टोलिले रु ५१,५०० र दुबै सेमी फाइनल पुग्ने टोलिले रु १५,००० प्राप्त गर्ने छन । उत्कृत हुने खेलाडिहरु लाई पनि उचित पुरस्कार दिइने आयोजकले जानकारी दिए ।