2 years ago
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स नेपाल सुपर लिग २ को प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ ।

दशरथ रंगशालामा मंगलबार बुटवल लुम्बिनी एफसीलाई १-० ले पराजित गर्दै पोखराले प्लेअफमा स्थान पक्का गरेको हो । पोखराको जितमा मोजेस ट्वुमले इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको गोल नै विजयी गोल सावित भयो ।
यस जितेले पोखरा ७ खेलमा १४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । यता बुटवल भने ७ खेलमा ७ अंकसहित सातौं स्थानमा छ । बुटवललाई अब प्लेअफमा पुग्न अन्य खेलको नतिजा पनि भर पर्नुपर्ने अवस्था छ ।
एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ ।
मंगलबारको खेलमा बुटवलका स्टेफन बिनोङले चौथो मिनेटमा गरेको प्रहार बक्स भित्रबाट ब्लक हुन पुग्यो । छैठौं मिनेटमा बुटवल कप्तान एरिक विष्टको फ्रिकिक सिधै पोखरा गोलरक्षक यभ्स प्रिसोको हातमा जान पुग्यो ।
आठौं मिनेटमा जिलेस्पी जंग कार्कीले बक्स बाहिरबाट गरेको भली प्रहार प्रिसोलाई बचाउन असजिलो भएपनि बचाउन सफल भए । २० औं मिनेटमा निराजन धामीको क्रसमा स्टेफेन बिनोङको हेडर क्रसबारभन्दा थोरै माथिबाट गयो ।
२५औं मिनेटमा सुरज जिउ ठकुरीको फ्रिकिकमा फ्रान्कलिन टाल्लाको हेडर पोस्टको केही परबाट बाहिरियो । त्यसको तीन मिनेट पछि पासाङ लामाको क्रसमा बिनोङको हेडर पुनः पोस्ट माथिबाट बाहिरियो ।

३३औं मिनेटमा मोसेस ग्याबाको प्रहार सिधै बुटवल गाेलरक्षक मोहम्मडुमको हातमा गयो । ४४औं मिनेटमा सुरजको कर्नरमा दिनेश राजवंशीको हेडर टाल्लाको प्रहार डिफ्लेक्ट भएर बाहिर जान पुग्यो ।
थपिएको समयमा दिपेश आले मगरको बक्स बाहिरबाट लिएको प्रहार मोहम्मडुको हातमा पुग्यो । त्यसपश्चात स्टेफन अन्नोरको बक्स बाहिरबाट लिएको भली पनि पोस्टको दिशामा जान सकेन ।
४९औं मी एटम एन्जल महर्जनको पासमा। जिलेस्पीको पास सिधै मोहम्मडुको हातमा गयो ।
५५औं मिनेटमा आयुष घलानको कर्नरमा मोहम्मडु लाइन अगाडि आएर बल समात्ने क्रममा नभेटेपछि माेसेसको फ्रि हेडर उनले पोस्टतर्फ प्रहार गर्न सकेनन् ।
६५औं मिनेटमा सन्जीव विष्टले ठूलो मौका खेरा फाले । आयुष घलानको पासमा सिर्जना भएको वान अन वान मौकामा उनको प्रहार मोहम्मडुले लाइन अगाडि आएर बचाए ।
सोही मिनेटमा एन्जलको क्रसमा मोसेसको हेडर पोस्ट तर्फ गएन । अर्को मिनेटमा आशिष लामाको बक्स बाहिरबाट लिएको प्रहारले प्रिसोलाई दुःख दिन सकेन ।
७५औं मिनेटमा एरीकको फ्रिकिक प्रिसोले सहजै समाते । ८६औं मिनेटमा जो आईडुको बक्स बाहिरको शक्तिशाली प्रहार मोहम्मडुले राम्रो बचाउ गरेर पोस्ट माथि फालिदिए ।
इन्ज्युरी समयको पहिलो मिनेटमा भने पोखराले गोल गर्न सफल भयो । आयुष घलानको थ्रु-पासमा माेसेसले गोल गर्दै पोखरालाई जित दिलाउन सफल भए ।
लिग अन्तर्गत बुधबार झापा फुटबल क्लब र धनगढी फुटबल क्लबले खेल्नेछन् । दशरथ रंगशालामा खेल साँझ ५ बजे हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]