9 years ago
January 23, 2017
पोखरा (काठमाडौं)– सहारा क्लबको आयोजनामा जारी १५ औं आहा रारा गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा बुधबार सिएमजी क्लबले यसअघि तय भएको टोलीसँग नभइ बंगलादेशको अर्को क्लब नारायणगज एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

यसअघिका लागि तय भएको बंगलादेशको प्राराजगज स्पोर्टिङ क्लबले अन्तिम समयमा प्राविधिक कारणबस प्राराजगन्ज आउन नसक्ने जनाएपछि बंगलादेशको अर्को टोली आउन लागेको सहाराका अध्यक्ष वीरभन्द्र आचार्यले प्रेस विज्ञप्तीमार्फत सोमबार जानकारी दिएका छन् ।
सोमबार काठमाडौं आइपुगेको नारायणगन्ज एफसी टोली रातीनै पोखरा आइपुग्ने बताइएको छ । पूर्व निर्धारित क्लब आउन नसकेको र त्यसबाट पर्न गएको असुविधाका लागि आयोजक क्लबले क्षमा मागेको छ । आयोजक सहारा, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको सेमिफाइनल पुगिसकेका छन् ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]