default_image

2 years ago

December 20, 2023

धनगढीको अपराजित यात्रा समाप्त, झापाको प्लेअफ सम्भावना जीवितै

2062 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दश जनामा सिमित झापा एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिगमा धनगढी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ ।

दशरथ रंगशालामा बुधबार बेलुका भएको खेलमा अन्जन विष्ट र समिराज ठोकरको गोलको मद्दतले झापाले २-० को जित निकालेको हो ।

झापाले पहिलो १५ सेकेन्ड भित्र नै गोल गर्ने अवसर खेरा फाल्यो । रोहन कार्कीले सुरूवातमै बल गुमाएपछि प्रशान्त लक्समले दिएको पासमा स्ट्राइकर जोर्गे सान्चेजले वान अन वान अवसरमा पोस्टको बाहिर प्रहार गरे ।

तेस्रो मिनेटमा धनगढीका अहमद हिजाजीले पोस्टको केही माथि प्रहार गर्न पुगे । आशिष चौधरीको प्रहार नियन्त्रणमा लिएर झापाका दुई डिफेन्डर बिट गर्दै उनले गरेको प्रहार पोस्टको माथिबाट बाहिरियो ।

आठौं मिनेटमा धनगढीका अभिषेक गुरुङले बक्स बाहिरबाट गरेको प्रहार कुपिचले समाते । २०औं मिनेटमा रामचन्द्र वाजीको पासमा हिजाजीले कुपिचलाई पुनः बचाउ गर्न बाध्य बनाए । २२औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिक पनि कुपिचले पन्च गरिदिए ।

२४औं मिनेटमा सान्चेजले अर्को राम्रो अवसर खेरा फाले । लक्ष्मण रूचालको पासमा उनको बल नियन्त्रण राम्रो नरहेपछि धनगढी गोलरक्षक मोहम्मद ताहाले लाइन अगाडि आउने अवसर प्राप्त गरे र सान्चेजको प्रहार बचाए ।

३०औं मिनेटमा समन्दर ओचिलोभको फ्रिकिक पोस्टको केही टाढाबाट बाहिरियो । ३३औं मिनेटमा प्रशान्त लक्समले बक्स बाहिरबाट पोस्ट माथि प्रहार गरे । ४१औं मिनेटमा सान्चेजको प्रहार ताहाले बचाए ।

५३औं मिनेटमा झापाका कप्तान अन्जन विष्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । छिरिङ लामाको क्रसमा सुन्दर हेडर गोल गर्दै अन्जनले झापालाई अग्रता दिलाए ।

७०औं मिनेटमा धनगढी बराबरी गर्नको नजिक पुग्यो । अभिषेक गुरुङको क्रसमा फोडे फोफानाको हेडरमा कुपिच बाधक बने ।

७७औं मिनेटमा भने झापाले खेलमा अग्रता दोब्बर बनायो । प्रदीप लामाको कटब्याकमा सान्चेजले बललाई पोस्टको दिशा देखाएका थिए । तर गोल लाइनबाट समिराज ठोकरले बललाई लाइन कटाएपछि गोल उनको नाममा रह्यो ।

७९औं मिनेटमा झापा १० जनामा सिमित हुन पुग्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका धिरज थजालीले साइमन लिम्बुमाथि गरेको फाउलका कारण उनले रातो कार्ड पाएका थिए ।

मैदानमा एक खेलाडी काम भएपनि झापाले गोल भने खाएन । धनगढीले पनि राम्रो अवसरहरु बुन्न सकेन ।

हार पछि धनगढी प्लेअफमा आफ्नो स्थान पक्का गर्न असफल भएको छ । धनगढीले प्लेअफमा आफ्नो स्थान बनाउनका लागि शीर्ष स्थानमा रहेको पोखरा थन्डर्स विरुद्धको अन्तिम खेल कुर्नुपर्ने भएको छ । झापाले भने आफ्नो प्लेअफ सम्भावना कायम नै राखेको छ । झापाको अन्तिम खेल एफसी चितवन विरुद्ध रहेको छ ।

दोस्रो स्थानमा यथावत धनगढीको ७ खेलमा १२ अंक रहेको छ । झापा भने ७ खेलमा १० अंक सहित चौथो स्थानमा उक्लिएको छ ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.