9 years ago
January 23, 2017
पोखरा (हाम्रो खेलकुद)– पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको आयोजना तथा सृजना विकास केन्द्रको संयोजनामा माघ १८ देखि हुने भनिएको सर्वाधिक पुरुस्कार राशीको सृजना आमन्त्रण महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पूर्व निर्धारित मितीमा नहुने भएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीका अनुसार उक्त प्रतियोगिता अव माघ २२ देखि २९ गते सम्म संचालन हुने भएको छ । योगीका अनुसार नेपालका महिला राष्ट्रिय टोलीका खेलाडीहरु माघ १८ देखि मालदिभ्समा संचालन हुने विश्व च्याम्पियनसिप छनोटमा सहभागि हुन मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएकोले प्रतियोगिता सार्नु परेको हो ।
प्रतियोगिताका लागि हाल पोखरा रंगशालाको भलिवल मैदान मर्मत सम्भार लगायतका कार्यहरु दु्रत गतिमा भइरहेको योगीले बताए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]