default_image

2 years ago

December 22, 2023

झापाविरुद्ध चितवनलाई पहिलो हाफमा अग्रता

421 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा एफसी चितवनले झापा एफसीविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

दशरथ रंगशालामा खेलको सुरुवाती समयमा नै चितवनले रफिक अमिनुको गोलमा अग्रता बनाएको हो । बलमा पकड जमाएको चितवनले झापाविरुद्ध थप अवसर पनि सिर्जना गरेको छ । काउन्टर अट्याकमा भर परेको झापाले अन्तिम समयमा खेल बराबर गर्ने अवसर पनि पाएको थियो । तर क्रसबार बाधक बन्दा अन्जन विष्ट लगातार खेलमा गोल गर्न चुके ।

खेलको सातौं मिनेटमा चितवनले खेलमा अग्रता लियो । विमल घर्ती मगरको कर्नरमा युसुफ मुबारकको हेडर पश्चात अमिनुले फार पोस्टमा हेडरसहित बललाई जाली चुमाएका थिए ।

१५औं मिनेटमा विमलकै कर्नरमा विक्रम धिमालको हेडर पोस्टको माथिबाट बाहिरियो । १९औं मिनेटमा झापाका समन्दर ओचिलोभले बक्स बाहिरबाट लिएको प्रहार आकासियो ।

२४औं मिनेटमा विशाल बस्नेतको लामो पासमा अन्जनले जोर्गे सान्चेजका लागि खेलेको पासमा उनले बललाई पोस्ट तर्फ प्रहार गर्न सकेनन् । ४४औं मिनेटमा विमलको पासमा उत्सव राईले खेलेको क्रस कुपिचले खुट्टाले क्लियर गरे ।

झापाको ७ खेलका १० अंक रहेको छ भने आज जितेको खण्डमा दोस्रो स्थानमा उक्लेर प्लेअफमा स्थान पक्का गर्नेछ । प्लेअफ समिकरणबाट बाहिरिसकेको चितवन भने आज जितसहित पुछारबाट उक्लन चाहन्छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.