default_image

2 years ago

December 22, 2023

चितवनको सान्त्वना जित, झापाको प्लेअफ सम्भावनामा धक्का

1666 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल क्लब चितवनले नेपाल सुपर लिग २ को आफ्नो अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई हराएको छ ।

दशरथ रंगशालामा कप्तान विशाल श्रेष्ठको उत्कृष्ट प्रदर्शन र फरवार्ड रफिक अमिनुको २ गोलको मदतले चितवन २-० ले विजयी भएको हो । प्लेअफ दौडबाट यसअघि नै बाहिरिएको चितवनले झापाको प्लेअफ सम्भावनामा पनि ठूलो धक्का दिएको छ ।

चितवन यस जितसँगै ८ खेलमा ९ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । झापा भने ८ खेलमा १० अंकका साथ चौथो स्थानमा छ । झापाको प्लेअफ सम्भावना भने अन्य टोलीको नतिजामा अडिएको छ ।

शनिबार लिग चरणको अन्तिम दिन वीरगन्ज युनाइटेड र बुटवल लुम्बिनी तथा काठमाडौं रेजर्स र ललितपुर सिटी खेल्नेछन् । झापालाई प्लेअफ पुग्न ललितपुरले जित दर्ता गरेर अर्को खेल बराबरीमा टुंगिनु पर्नेछ । बुटवलको जितले पनि सम्भावना भने रहनेछ ।

झापाविरुद्ध खेलको सातौं मिनेटमा चितवनले खेलमा अग्रता लियो । विमल घर्ती मगरको कर्नरमा युसुफ मुबारकको हेडर पश्चात अमिनुले फार पोस्टमा हेडरसहित बललाई जाली चुमाएका थिए ।

१५औं मिनेटमा विमलकै कर्नरमा विक्रम धिमालको हेडर पोस्टको माथिबाट बाहिरियो । १९औं मिनेटमा झापाका समन्दर ओचिलोभले बक्स बाहिरबाट लिएको प्रहार आकासियो ।

२४औं मिनेटमा विशाल बस्नेतको लामो पासमा अन्जनले जोर्गे सान्चेजका लागि खेलेको पासमा उनले बललाई पोस्ट तर्फ प्रहार गर्न सकेनन् । ४४औं मिनेटमा विमलको पासमा उत्सव राईले खेलेको क्रस कुपिचले खुट्टाले क्लियर गरे ।

५५औं मिनेटमा प्रशान्त लक्समको क्रसमा अन्जनले हेडर प्रहार गर्न सकेनन् । ५९औं मिनेटमा अन्जनको बक्स बाहिरबाट लिएको प्रहार पोस्टको माथिबाट बाहिरियो ।

६१औं मिनेटमा सुमित श्रेष्ठको बक्स बाहिरबाट लिएको भली प्रहार पोस्टको केही टाढाबाट बाहिरियो ।

६३औं मिनेटमा ओचिलोभको शक्तिशाली प्रहार विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । रिबाउन्डमा विशाल बस्नेतले हेडर पोस्टमा हाने तर उनी अफसाइड रहेका थिए ।

७२औं मिनेटमा हरी कार्कीको प्रहारमा पुनः विशाल बाधक बने । ७७औं मिनेटमा चितवनले खेलमा दोस्रो गोल गर्यो । सुमित श्रेष्ठले मिडफिल्डमा बल नियन्त्रणमा लिन नसकेपछि अमिनुको लागि अवसर सिर्जना भयो । उनले मध्यभागबाट बल लिएर बक्स भित्रबाट फिनिश गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरे ।

८१औं मिनेटमा झापाले पेनाल्टीमा चितवनको अग्रता घटाउने अवसर पायो । छिरिङ गुरुङले अन्जनलाई बक्समा लडाएपछि झापाले पेनाल्टी पायो । तर अन्जनको सो पेनाल्टीमा विशाल श्रेष्ठ बाधक बने । अन्जनलाई पोस्टको दायाँ तर्फ लिएको पेनाल्टी विशाल बचाए ।

८५औं मिनेटमा चितवनका नवयुग श्रेष्ठले राम्रो मौकामा गोल गर्न सकेनन् । किपरलाई मात्र बिट गर्नुपर्ने अवसरमा उनले बललाई पोस्टको थोरै टाढा प्रहार गरे ।

शनिबार दिउँसो १ बजे वीरगन्ज युनाइटेड र बुटवल लुम्बिनीले खेल्नेछन् । साँझ ५ बजे काठमाडौं रेजर्स र ललितपुर सिटी खेल्नेछन् । सबै ४ टोलीको प्लेअफ सम्भावना जीवित छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.