2 years ago
December 23, 2023
एजेन्सी – म्यानचेस्टर सिटीले पहिलो पटक क्लब विश्वकप जितेको छ ।

साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा शुक्रबार भएको फाइनलमा ब्राजिलको फ्लुमिनेन्सलाई ४-० ले हराउँदै सिटीले विश्वकप जितेको हो ।
प्रिमियर लिग टोलीलाई उपाधि दिलाएका लागि जुलियन अल्वारेजले २ र फिल फोडेनले १ गोल गरे । अर्को गोल टोलीले उपहारमा पायो ।
अल्वारेजले खेल सुरु भएको ४० सेकेन्डमा गोल गरेर सिटीलाई अग्रता दिलाएका थिए । सुरुवातबाटै हाबी भएको सिटीले २७ औँ मिनेटमा अग्रता दोब्बर बनायो । निनोको आत्मघाती गोल सिटीका लागि उपहार बन्यो ।

७२ औं मिनेटमा सिटीका लागि फोडेनले गोल गरे। अल्वारेजको पास फोडेनले गोल गरेका हुन् । अल्वारेजले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको फराकिलो जित पक्का भयो। ११ वर्षमा युरोपेली क्लबले मात्रै क्लब विश्वकप जितेका छन् ।
सिटी भने एकै वर्षमा पाँच उपाधि जित्ने पहिलो इंग्लिस क्लब बनेको छ । प्रिमियर लिग, एफए कप र युरोपियन च्याम्पियन्स लिग जितेर ट्रिबल गरेको पेप ग्वार्डिओलाको सिटीले सुपर कप पनि हासिल गरेको थियो ।
शुक्रबार नै अर्को खेलमा उराव रेड्सलाई ४-२ ले हराउँदै इजिप्टको अल आलीले क्लब विश्वकपमा तेस्रो स्थान हाँसिल गर्यो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]