9 years ago
January 23, 2017
पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ र मिडफिल्डर सुजल श्रेष्ठलाई आइतबार दोहोरो खुसियाली महंगो परेको छ।

पोखरामा जारी आहा रारा गोल्डकप क्वार्टरफाइनलको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अनिल र सुजलले रात भने वडा प्रहरी कार्यालय बैदाममा बिताउनु परेको थियो। टोलीको जित र अर्का मिडफिल्डर विशाल राईको जन्म दिन मनाउन मनाङ टोलीका अधिकांश सदस्य लेकसाइडको ओजन क्लब पुगेको थिए।
तर, रातको करिब २ बजे तिर होटल फर्कने बेलामा मुल सडकमा होहल्ला गर्दै हिडेको र अपशब्द बोलेपछि गस्तीमा रहेको प्रहरीसँग टोलीको भेट भएको श्रोतले बतायो । मादक पदार्थ सेवन गर्दै होहल्ला गर्न र अपशब्द प्रयोग नगर्न भनेपछि खेलाडी र प्रहरीबीच केही समय विवाद भएको थियो । विवाद चर्कदै गएपछि प्रहरीले राष्ट्रिय टोलीका समेत कप्तान रहेका अनिल र अर्का सदस्य सुजललाई नियन्त्रणमा लिएको थियो । ‘रमाइलो गरेर फर्कनु भइरहेको रहेछ । प्रहरीले सम्झाउँदा उल्टो विवादमा उत्रेपछि स्थिति साम्य बनाउन उहाँहरुलाई नियन्त्रणमा लिनु परेको हो’ प्रहरी श्रोतले भन्यो, ‘चौकीमा ल्याएपछि उहाँहरुले गल्ति महसुस गर्नुभयो, सोमबार बिहान उहाँहरुको आफ्नो मान्छेलाई जिम्मा लगायौं ।’
बिहान फर्कनले बेला अनिल र सुजलले त्यहाँका प्रहरीसँग फोटो खिचाइ हार्दिकताका साथ विदाइ भएका थिए । आइतबार दिउँसो अनिल र सुजलले २÷२ गोल गरेपछि मनाङले धरान फुटबल क्लबलाई ४–१ ले हराँउदै सेमिफाइनलमा पुगेको थियो । सुजल खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।
अनिल पोखरा र सुजल धनकुटाका खेलाडी हुन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]