2 years ago
December 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्सलाई टाइब्रेकरमा ४-३ हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ ।

निर्धारित ९० र थप ३० मिनेटमा २-२ को बराबरीपछिको पेनाल्टीमामा धनगढीले बाजी मारेको हो । धनगढी पहिलो संस्करणमा पनि पहिलो क्वालिफायरबाटै फाइनल पुग्न सफल भएको थियो।
धनगढी एफसी दोस्रो संस्करणको एनएसएलको फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । लिग तालिकामा दोस्रो स्थानमा रहँदै धनगढीले क्वालिफायरमा पुगेको थियो । पोखरा थन्डर्स शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो ।
२-१ ले पछि परेको खेलको थप समयको अन्तिम मिनेटमा अहमद हिजाजीले गोल गर्दै धनगढी खेलमा फर्किएको थियो।
पोखराका लागि आयुष घलान र स्टेफन अन्नोरले समान एक गोल गरे । धनगढीका लागि भने कप्तान देवेन्द्र तामाङ र हिजाजीले समान एक गोल गरेका थिए ।
धनगढीले अब शनिबार हुने फाइनल खेलमा उपाधिका लागि खेल्ने छ । पोखराले भने फाइनल प्रवेश गर्ने थप एक अवसर पाउने छ । पोखराले तेस्रो र चौथो भएका काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बीचको विजेता विरुद्ध फाइनल प्रवेशका लागि क्वालिफायर २ खेल्नेछ ।
काठमाडौं र ललितपुर बीचको खेल मंगलबार हुनेछ । क्वालिफायर २ बिहीबार हुने छ ।
निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल पेनाल्टी सूटआउटमा गएको थियो।
पहिलो हाफमा पोखराले खेलमा आफ्नो पकड बनाउँदै खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुवात देखि नै धनगढीले खेलमा लगातार आक्रमण गर्दै बराबरी गोल गर्न सफल भयो । अतिरिक्त समयमा पनि दुबै टोलीबाट एक एक गोल निस्केको थियो।
खेलको तेस्रो मिनेटमा नै पोखराका सुरज जिउ ठकुरीको कर्नर क्लियर भएपश्चात फ्रान्कलिन टाल्लाको हेडर धनगढीका गोलरक्षक मोहमद ताहाले बचाए । त्यसपछि जो आइडुको बक्स बाहिरको प्रहार आफ्नै टिममेटलाई लागेर बाहिरियो ।
पाँचौं मिनेटमा भने पोखराले खेलमा अग्रता लिन सफल भयो । स्टेफन अन्नोरको लामो पासलाई मोसेस ग्याबाले बायाँ फ्लान्कमा भेटाएपछि उनले खेलेको क्रसमा दिपेश आले मगरले पोस्टतर्फ प्रहार गर्न नसकेपनि बललाई आयुषको सामु डिफ्लेक्ट गरिदिए । आयुषले सो बलमा कुनै गल्ती नगरी पोखरालाई अग्रता दिलाए ।
आठौं मिनेटमा पोखराले अग्रता दोब्बर गर्ने अवसर गुमायो । दिनेश राजवंशीको लामो पासमा नरेन्द्र चौधरीको हेडरमा आयुषलाई स्पेसमा रन बनाउने राम्रो अवसर बनेको थियो । उनलाई सो रनमा आयुष चौधरीले रोक्न पुगेपनि उनले दिपेशलाई पास भने खेल्न भ्याए । तर सो पासमा दिपेशको प्रहार ताहाले बचाए ।
१८औं मिनेटमा अन्नोरको पासमा माेसेसको प्रहार पोस्टको दिशामा जान सकेन । २४औं मिनेटमा धनगढीले खेलमा पहिलो स्पष्ट मौका बनायो । अभिषेक गुरुङको क्रसमा अहमद हिजाजीको हेडर गाेललाइनमा नरेन्द्र चौधरीले ब्लक गरे ।
३१औं मिनेटमा जो आइडुको फ्रिकिक ताहाले बचाएर पोस्टमा धकेलिदिए । रिबाउन्डमा माेसेसको प्रहार पनि ताहाले बचाउन सफल भए ।
४७औं मिनेटमा हिजाजीले क्रस गर्न खोज्दा देवेन्द्र तामाङले बल क्लियर गरिदिए । त्यसपछिको कर्नरमा धनगढी बराबरी गर्नको निकाल नजिक आएर चुक्यो ।
कमल श्रेष्ठको कर्नरमा रिचार्ड अग्यमांगले फारपोस्टमा गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । त्यसपछि ओलावाले अफिजको हेडर पोखरा गोलरक्षक यभ्स प्रिसोले बचाए ।
५४औं मिनेटमा हिजाजीको अर्को प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरेर कर्नरका लागि फालिदिए । सो कर्नरमा भने धनगढीले बराबरी गोल गर्यो । अभिषेक गुरुङले कमल श्रेष्ठलाई खेलेको छोटो कर्नर पछि उनको क्रसमा देवेन्द्रले हेडर मार्फत गोल गर्दै धनगढीलाई खेलमा फर्काए ।
५५औं मिनेटमा आयुषको पासमा मोसेसको प्रहार ताहाले लाइन अगाडि आएर बचाए । अर्को मिनेटमा फलु डियाग्नेले हिजाजीका लागि खेलेको पास प्रिसोले बक्स बाहिर आएर क्लियर गरे । ६०औं मिनेटमा आशिष चौधरीको क्रसमा हिजाजीको हेडर पोस्टको माथिबाट बाहिरियो ।
७२औं मिनेटमा सुरजको लामो पासमा माेसेसले गरेको कटव्याकमा टाल्लाले खाली रहेको अवस्थामा बललाई पोस्ट तर्फ पठाउन सकेनन् । ७८औं मिनेटमा धनगढीका रामचन्द्र वाजीको भली सिधै प्रिसोको हातमा जान पुग्यो ।
७९औं मिनेटमा प्रिसोले उत्कृष्ट बचाउ गर्दै ओलावालेको प्रहारलाई टारे । ७३औं मिनेटमा अर्कोतर्फ ताहाले उत्कृष्ट बचाउ गर्दै आईडुको हेडरलाई विफल पारे । त्यसपछिको निर्धारित समयमा भने कुनै गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्त समयको १३औं मिनेटमा पोखराले विजयी गोल गर्यो । सुरज जिउ ठकुरीको क्रसमा दिनेश राजवंशीको दुई वटा प्रहार धनगढी गोलरक्षक मोहम्मद ताहाले बचाएपछि फ्रान्कलिन टाल्लाले पोस्ट तर्फ गरेको हेडर स्टेफन अन्नोरले अन्तिममा आफ्नो टाउकोले छँदै गोलमा परिणत गरेका थिए ।
अतिरिक्त समयको अन्तिम मिनेटमा अहमद हिजाजीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउट तर्फ धकेले । टाल्लाले क्लियर गरेको बलमा दोस्रो पटकमा पोस्टमा प्रहार गर्दै उनले गोल गरेका थिए ।
सूटआउटमा धनगढीका गोलरक्षक ताहा नायक बने । उनले मोसेस ग्याबा र आयुष घलानको पेनाल्टी बचाएका थिए । पोखराका गोलरक्षक प्रिसोले पनि हिजाजीको प्रहार बचाएका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]