default_image

2 years ago

December 27, 2023

नासारको पुनरागमन जित, रोनाल्डो वर्षको उच्च गोलकर्ता

3898 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको सम्मिलित अल नासारले साउदी प्रो लिगमा अल इत्तिहादलाई ५ – २ ले हराएको छ ।

१० खेलाडीमा सिमित रहँदै खेल अन्त्य गरेको इत्तिहाद विरुद्ध नासारले पुनरागमन जित निकालेको थियो।
नासारको जितमा रोनाल्डो र साडियो मानेले समान २ रएन्डरसन टालिस्काले १ गोल गरे । करिम बेन्जेमा आबद्ध इत्तिहादका लागि दुबै गोल अब्देर रजाक हम्दल्लाहले गरे।

२ गोलसँगै रोनाल्डो सन् २०२३ को बर्षमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् । रोनाल्डोको ५३ गोल पुगेको छ ।

बायर्न म्युनिखका ह्यारी केन र पेरिस सेन्ट जर्मेन पिएसजीका किलियन एमबाप्पेको समान ५२ तथा म्यानचेस्टर सिटीका एर्लिङ हालान्डको ५० गोल छ । साउदी प्रोको जारी सिजनमा १९ गोलका साथ रोनाल्डो सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।

मंगलबार प्रिन्स अब्दुल्लाह अल फैजल स्टेडियममा इत्तिहादले १४ औं मिनेटमा अब्देर रजाकले पहिलो गोल गरेका थिए । १९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे । ३८ औं मिनेटमा टालिस्काले गोल गरेपछि नासार पहिलो हाफमा २-१ ले अघि बढेको थियो।

अब्देर रजाकले ५१ औं मिनेटमा अर्को गोल गर्दै इत्तिहादलाई खेलमा फर्काए । तर ६६ औं मिनेटमा फाबिन्होले रातो कार्ड पाएपछि इत्तिहाद १० खेलाडीमा सिमित भएको थियो।

६८ औं मिनेटमा पेनाल्टीमा रोनाल्डोले अर्को गोल गरेपछि नासारले पुनः अग्रता लिएको थियो। मानेले ७५ औं मिनेटमा गोल गर्दै अन्तर बढाए । मानेले सकिन ८ मिनेट बाँकी रहँदा अर्को गोल गरे।

दोस्रो स्थानमा रहेको नासरको १८ खेलबाट ४३ अंक पुगेको छ । शीर्ष स्थानको अल हिलाल ५० अंक छ ।  २८ अंकका साथ इत्तिहाद छैटौं स्थानमा छ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.