2 years ago
December 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना बंगलादेशमा आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले माघ १९ देखि २५ गते सम्म बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको बुधबार तालिका सार्वजनिक गरेको हो । आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । राउण्ड रोबिन लिग आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।
नेपालले माघ १९ गते घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्यिनसिपको यात्रा सुरु गर्नेछ । दोस्रो खेल भुटानसँग माघ २१ मा खेल्ने नेपालले तेस्रो तथा अन्तिम खेलमा भारतसँग माघ २३ गते खेल्नेछ । फाइनल माघ २५ गते हुनेछ । सबै खेल ढाका स्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशालामा हुने छ ।
च्याम्यिनसिपका लागि टोली तयार गर्नका लागि अखिल नेपालले फुटबल संघ (एन्फा) ले देशव्यापी छनोटको तालिका सार्वजनिक गरिसकेको छ । सन् २०२१ मा भएको ५ टोली सम्मिलित पछिल्लो संस्करणमा नेपाल लिग तालिकामा तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारतलाई १–० हराउँदै बंगलादेशले उपाधि जितेको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]