default_image

2 years ago

December 28, 2023

म्यानचेस्टर सिटीको पुनरागमन जित

985 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले प्रिमियर लिगमा बुधबार एभर्टनमाथि ३-१ को पुनरागमन जित निकालेको छ।

गुडिसन पार्कमा फिल फोडेन, जुलियन अल्वारेज र बेर्नार्डो सिल्भाको गोलमा जित हासिल गरेपछि सिटी लिग अंक तालिकाको शीर्ष चारमा फर्केको छ । एक खेल कम खेलेको सिटीको शीर्ष स्थानको लिभरपुलको भन्दा ५ अंक कम छ ।

फिफा क्लब विश्वकपको उपाधि जितेर फर्केपछि पहिलो खेल खेल्ने क्रममा सिटी पहिलो हाफमा १-० ले पछाडि परेको थियो। २९ औं मिनेटमा ज्याक ह्यारिसले पूर्व क्लब विरुद्ध गोल गर्दै एभर्टनलाई अग्रता दिलाए थिए।

दोस्रो हाफको सुरुवातमै ह्यारिस दोस्रो गोलको नजिक पुगेका थिए। तर उनको प्रहार सिटीका गोलकिपर एडेरसनले रोकेका थिए। ५३ औं मिनेटमा फोडेनको गोलबाट सिटी खेल फर्केको थियो।

त्यसको ११ मिनेटपछि प्राप्त पेनाल्टीलाई अल्वारेजले गोल गर्दै सिटीको गोल अन्तरलाई दोब्बर बनाएका थिए। नाथन एकेको प्रहारमा आएको बललाई एमाडोउ ओनानाले पाखुराले रोकेपछि साविक विजेताले पेनाल्टी पाएको थियो।

खेल सकिन ४ मिनेट बाँकी रहँदा सिल्भाले गोल गरेपछि सिटीको जित सहज बनेको थियो। इन्ज्युरी समयमा फोडेनको प्रहार पोस्टमा लागेको थियो। जितपछि सिटीको ३७ अंक पुगेको छ। १६ अंक सहित एभर्टनको १७ अंक छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.