default_image

2 years ago

December 28, 2023

पोखराविरुद्ध १० खेलाडीमा सिमित ललितपुरलाई अग्रता

958 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ को प्लेअफ अन्तर्गत दोस्रो क्वालिफायरमा ललितपुर सिटी फुटबल क्लबले पोखरा थन्डर्सविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

भारतीय मिडफिल्डर निखिल कदमले रातो कार्ड खाएपछि १० खेलाडीमा सिमित भएको ललितपुरले खेलाडी कम हुनका बाबजुद अग्रता लिएको हो । पहिलो हाफमा इमोह एजेकेलको गोलमा ललितपुर १-० ले अघि छ ।

खेलको सुरुवात देखि नै दुवै टोलीले माध्यम गतिमा खेल खेलिरहेका छन् । पोखरा आज ७२ घण्टाको अन्तरालमा मैदान उत्रिएको हो भने ललितपुर ४८ घण्टा नपुग्दै अर्को खेल खेल्दै छ ।

पहिलो मिनेटमा नै ललितपुरका सनिश श्रेष्ठको क्रस पोखराका गोलरक्षक यभ्स प्रिसोले समाते । तेस्रो मिनेटमा पोखराका स्टेफन अन्नोरको प्रहारले ललितपुर गोलरक्षक जेफ्रि बाल्टुसलाई दुःख दिन सकेन ।

अर्को मिनेटमा पोखराकै सुरज जिउ ठकुरीको क्रसमा माेसेस ग्याबाको हेडर पोस्टतर्फ जान सकेन । छैठौं मिनेटमा आधित्य शाक्यले बक्स बाहिरबाट लिएको प्रहार शक्तिशाली रहन सकेन ।

आठौं मिनेटमा पुनः ललितपुरका निखिल कदमले बक्स बाहिरबाट लिएको शक्तिशाली प्रहार प्रिसोको सिधा जान पुग्यो ।

२८औं मिनेटमा सुरजको कर्नरमा दिनेश राजवंशी र मोसेस ठोकिएपछि राम्ररी हेडर प्रहार गर्न सकेनन् । ३२औं मिनेटमा जो आइडुको क्रसमा माेसेसको हेडर डिफ्लेक्ट भएर पोस्टको थोरै टाढाबाट बाहिरियो ।

३४औं मिनेटमा ललितपुर १० जनामा सिमित भयो । मिडफिल्डर निखिल दोस्रो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि ललितपुर १० जनामा सिमित भएको हो । ४२औं मिनेटमा नरेन्द्र चौधरीको क्रसमा माेसेसले हेडर पोस्ट तर्फ प्रहार गर्न सकेनन् ।

इन्ज्युरी समयको पहिलो मिनेटमा ललितपुरले काउन्टर अट्याकमा अग्रता लियो । पापा इबु केबेले आफ्नै हाफबाट दिएको लामो पासमा इमोहले अफसाइड ट्रयाप बिट गर्दै बल अघि बढाए । इमोहले दिनेश र क्वेटेको दबाब छिचोल्दै पेनाल्टी क्षेत्रभित्र पुगेर इभ्स प्रिसोलाई सहजै बिट गरे ।

लिग तालिकामा शिर्ष स्थान हासिल गरेको पोखरा पहिलो क्वालीफायरमा धनगढी विरुद्ध टाईब्रेकरमा पराजित हुदैं दोस्रो क्वालीफायर खेल्न बाध्य भएको हो भने ललितपुर इलिमिनेटरमा काठमाडौँलाई ३-० ले पराजित गर्दै यहाँको यात्रा तय गरेको हो। धनगढी शनिबार हुने फाइनलमा प्रवेश गरिसकेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.