default_image

9 years ago

January 24, 2017

सिएमजी क्लब संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा

110 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा  संकटाले बंगलादेशको क्लब नारायणगज एफ.सी.लाई २-०ले पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

npc-jumanu

संकटाका लागि निराजन खड्काले गोल गर्दै अग्रता दिलाएका थिए। थ्रि स्टारले एन्फासंगको विवादका कारण कुनै प्रतियोगितामा भाग नलिएपछि खड्का लगाएत अन्य केहि खेलाडी संकटाका लागि खेल्दै आएका छन्।

खेलको ९०औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै खेललाई २-०को स्थितिमा पुर्याएका थिए। जितसंगै संकटाले १५औं संस्करणको सेमीफाइनलमा आफ्नो नाम लेखाएको छ।

सेमीफाइनलमा संकटाको भेट लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दि क्लब संग हुनेछ। खेल बिहिबार पोखरा रंगशालामा खेलिनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.