10 years ago
September 22, 2015
काठमाडौं, असोज ५ ।
जापानमा भएको ओयामा रनिङ कप फुटबलको उपाधि हाइजिमा युथ क्लबले जितेको छ । तोचिगी केनमा भएको फाइनल खेलमा टोकियो ब्रोदर्शलाई २–० ले पराजीत गर्दै उपाधी उचालेको हो ।
हाइजिमाको जितमा राजु श्रेष्ठ र धिरज श्रेष्ठले एकएक गोल गरेका थिए । पहिलो खेलदेखि नै उत्कृष्ठ प्रदर्शन गर्दै आएको हाइजिमा युथ क्लबले फाइनल खेलमा पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएको थियो ।
विजेता हाइजिमा युथ क्लबलाई जेनिथ रेमिट स्पिड मनी ट्रान्सफरले प्रायोजन गरेको थियो । विजेता हाइजिमा युथ क्लबले नगद २ लाख ५० हजार जापानी येन, प्रमाणपत्र र मेडल हात पारको छ भने उपविजेता बनेको टोकियो ब्रोदर्शले १ लाख जापानी येनमा चित्त बुझायो ।
यस्तै प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भएका टोकियो ब्रोदर्शका दिपेन्द्र गुरुङ र उत्कृष्ठ गोलकिपर घोषित हाइजिमाका निरञ्जय थोकरले नगद ३० हजार जापानी येन हात पारेका छन् ।
विजेता हाइजिमा युथ क्लबका प्रशिक्षक खड्काले पहिलो पटक उपाधि जित्दा खुसी लागेको बताए । उनले टिमका सबै खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्दा जित सम्भव भएको भन्दै सबै खेलाडीलाई बधाई दिएका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]