default_image

2 months ago

January 9, 2024

युनाइटेड एफए कपको चौथो चरणमा

एजेन्सी-  म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले सोमबार विगन एथ्लेटिकलाई २–० ले हराउँदै गर्दै चौथो चरणको यात्रा तय गरेको हो । १२ पटकको एफए‌‌ कप‌ विजेता युनाइटेडलाई जित दिलाउन डियोगो डालोट र कप्तान ब्रुनो फर्नान्डेजले गोल गरे । डालोटले २२ औं मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए। दोस्रो हाफमा […]

296 views

0 Bookmark

एजेन्सी-  म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

युनाइटेडले सोमबार विगन एथ्लेटिकलाई २–० ले हराउँदै गर्दै चौथो चरणको यात्रा तय गरेको हो ।

१२ पटकको एफए‌‌ कप‌ विजेता युनाइटेडलाई जित दिलाउन डियोगो डालोट र कप्तान ब्रुनो फर्नान्डेजले गोल गरे ।

डालोटले २२ औं मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए। दोस्रो हाफमा घरेलु टोली विगन ले‌ बराबरीको‌ राम्रो मौका चुकाएको थियो। मार्सल गोडोले सिक्स यार्डबाट गोल गर्न सकेनन् ।

७४ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै अन्तर बढाएका थिए। फर्नान्डेजलाई लिआम साले खराब ट्याकल गरेपछि युनाइटेडले पेनाल्टीको पाएको थियो।

February 25, 2024

एनआरटी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – न्यू रोड टिम (एनआरटी) राष्ट्रिय युवा संघद्वारा आयोजित केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार भएको पहिलो खेलमा थ्री स्टार क्लब माथि १-० को जित निकाल्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो । एनआरटीको जितमा विवेक गुरुङले एकमात्र गोल गरे । खेलमा धेरै अवसरहरु सिर्जना नभएपनि […]

February 25, 2024

बार्सिलोनाको सानदार जित

एजेन्सी – स्पेनिश क्लब बार्सिलोनाको गएराती सम्पन्न लालिगा अन्तर्गतको खेलमा सानदार जित हात पारेको छ । बार्सिलोनाले गेटाफे माथि ४-० को फराकिलो जित निकालेको हो । धेरै समयपछि खेलमा उत्कृष्ट प्रदर्शन गरेको बार्सिलोनाले चार गोल गर्न पुग्यो । खेलको २०औं मिनेटमा राफिन्हाले गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । जुल्स कुन्डेले आफ्नै हाफबाट खेलेको […]

February 25, 2024

म्यानचेस्टर सिटी र आर्सनलको‌ जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा उपाधि दौडमा रहेका म्यानचेस्टर सिटी र आर्सनल शनिबार विजयी भएका छन् । सिटीले फिल फोडेनको गोलमा बर्नमाउथलाई १-० ले पराजित गरेको छ । उनले २४ औं मिनेटमा गोल गरे । आर्सनलले न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गर्यो । स्भेन बुटमनले १८औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लियो। काइ हाभार्टले […]

Success

Thank you for your time.