2 years ago
January 12, 2024
एजेन्सी – बार्सिलोनाले स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले बिहीबार भएको दोस्रो सेमिफाइनलमा ओसासुनालाई २-० ले पराजित गर्दै अन्तिम दुईमा पुगेको हो ।
आइतबार हुने फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडको सामना गर्ने छ । एट्लेटिको म्याड्रिडलाई ५-३ ले हराउँदै रियल फाइनलमा पुगेको थियो।

पछिल्लो सिजनको फाइनलमा पनि रियल र बार्सिलोनाबीच प्रतिस्पर्धा भएको थियो। जसमा बार्सिलोना विजयी भएको थियो ।
बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवन्डोस्की र लामिन यामलले दोस्रो हाफमा गोल गरे ।
लेवन्डोस्कीले ५९ औं मिनेटमा पहिलो गोल गरेका थिए ।यामलले दोस्रो इन्ज्युरी समयमा अर्को गोल गरेका थिए।
बार्सिलोना कीर्तिमान १४ पटकको सुपरकप विजेता टोलीइहो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]