default_image

10 years ago

September 22, 2015

फुटबल संघ र कलाकार विच मैत्रिपुर्ण फुटबल हुने

195 views

0 Bookmark

पोखरा, ५ असोज

दशै र तिहार बीचमा पोखरा रंगशालामा कलाकार र पोखरा फुटबल संघ विच एचआईभी एड्सबाट संक्रमितहरुको सहयोगार्थ मैत्रिपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । बक्स अफिसले पोखरा रंगशालामा २१ कात्तिक देखि मैत्रीपूर्ण फुटबलका लागि फिल्म कलाकारहरुलाई फुटबल मैदानमा उतार्न लागेको हो । त्यसको स्थानीय संयोजन कास्की जिल्ला फुटबल संघको सहयोगमा फेवा व्यवसायी समूहले गरेको छ।

Kaski Football Sangh vs Actors

एचआईभी एड्स संक्रमितहरुको सहयोगार्थ हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पुराना देखि नया फिल्म कलाकारहरु मैदानमा उत्रिनेछन् । जसमा शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, धिरेन शाक्य, निखिल उप्रेती, सुमन सिंहलगायतको उपस्थिति रहनेछ । कास्की जिल्ला फुटबल संघ र कलाकारहरुबीच हुने सो प्रतियोगिता अवलोकनका लागि ५ सय रुपैयाको टिकट मुल्य निर्धारण गरिएको जनाईएको छ । पत्रकार सम्मेलनमा उपस्थित अभिनेता धिरेन शाक्यले प्रतियोगिता सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बक्स अफिसका अध्यक्ष आर.के. सुवेदीले आफूहरुले स्वदेश एवं विदेशमा पनि कलाकारहरु उतार्दै आएको बताउदै पोखरामा हुने मैत्रीपूर्ण फुटबलले यहाको खेलकुद पर्यटनमा सघाउ पुग्ने बताए । खेलकुद पत्रकार मञ्च कास्कीका निवर्तमान अध्यक्ष विनोद लामिछानेले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.