2 years ago
January 19, 2024
एजेन्सी – रियल म्याड्रिड कोप डेल रे बाट बाहिरिएको छ । गएराति एटलेटिको म्याड्रिड सँग ४-२ ले पराजित गर्दै रियल प्रि क्वाटरफाइनलबाट बाहिरिएको हो ।
निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि अतिरिक्त ३० मिनेटमा एटलेटिको जित निकालेको हो ।
निर्धारित समयमा दुई पटक खेलमा पछि परेपनि अन्त्य तिर बराबरी फर्काएपनि थप समयमा भने रियलको केहि लागेन ।
एटलेटिकोका सामुएल लिनो, अल्भारो मोराटा, एन्टोनी ग्रिजमन र रोड्रिगो रिक्वेल्मीले समान १ गोल गरे ।
रियलका लागि जोसेलुले एक गोल गरे भने एटलेटिकोका जान ओब्लाकले आत्मघाती गोल भएको थियो।
लिनोले ३९ औं मिनेटमा गोल गरेपनि पहिलो हाफको इन्ज्युरी समयमा ओल्बाको आत्मघाती गोलमा रियल खेलमा फर्कियो। ५७ औं मिनेटमा मोराटाले गोल गरेपछि एटलेटिकोले पुनः अग्रता बनायो ।
खेल सकिन ८ मिनेट बाँकी हुँदा जोसेलुले गोल गरेपछि खेल थप समयमा पुगेको थियो। त्यसपछि ग्रिजमनले १००औं र रिक्वेल्मी ११९ औं मिनेटमा गोल गर्दै एटलेटिकोलाई जित दिलाए।
योसँगै कोपा डेल रे को क्वाटरफाइनल समिकरण पूरा भएकोमा छ । एटलेटिकोसँगै बार्सिलोना, एथलेटिक बिल्बाओ, सेल्टा भिगो, गिरोना, मल्लोर्का, रियल सोसियडाड र सेभिया अन्तिम आठमा पुगेका छन्। क्वार्टरफाइनलको ड्र शुक्रबार हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]