2 years ago
January 23, 2024
एजेन्सी – आइसीसी यू१९ विश्वकप अन्तर्गत नेपाल सम्मिलित समूह डी को खेलमा मंगलबार न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराएको छ ।
नेपालले पहिलो खेल खेलेको इस्ट लन्डन मैदानमा अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । तर टोली २१.३ ओभरमा अलआउट हुँदै ९१ रन मात्र जोड्न सक्यो । न्युजिल्यान्डका बलरले खर्चेको २५ अतिरिक्त रन नै अफगानी इनिङमा सबैभन्दा ठूलो योगदान थियो ।
ओपनर जम्शिद जद्रानले २२ र अरब गुलले नटआउट १० रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोरमा रन जोड्न सकेनन् । इनिङको चौथो बलमा हासान एसेखिलको विकेटबाट सुरु भएको पतन कुनै समय रोकिएन ।
जितका लागि ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २८.२ ओभरमा ९ विकेट गुमाउँदै खेलमा जित हासिल गर्यो । एक समय २३-४ को स्थितिमा रहेको न्युजिल्यान्डका कप्तान इस्कार ज्याकसनले २६ रन जोडे । न्युजिल्यान्डले नेपालविरुद्ध शतक बनाएका स्नेहिथ रेड्डीलाई सामान्य चोटका कारण विश्राम दिएको थियो ।
जितका लागि २ रन आवश्यक हुँदा एवाल्ड श्र्वेडरलाई नन स्ट्राइक एण्डमा नासिर खानले रनआउट गरेपछि खेल रोमान्चक मोडमा पुगेको थियो । तर म्याट रोले त्यसपछिको बलमा २ रन लिँदै जित पक्का गरे ।
यस जितसँगै न्युजिल्यान्डको २ खेलमा ४ अंक भएको छ । पाकिस्तानको १ खेलमा २ अंक तथा नेपालले १ खेल खेल्दै खाता खोलेको छैन । नेपालले अब बुधबार पाकिस्तानको सामना गर्नेछ । लिगको अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्नेछ ।
हरेक समूहमा ४-४ टोली रहेको यस प्रतियोगितामा समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।
सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]