9 years ago
September 23, 2015
नेपालका यु१६ टोलीका कप्तान मनिष कार्कीले किर्गिस्तानमा भएको छनोट चरणमा टोलीको प्रदर्शन एकदमै सन्तोषजनक रहेको जानकारी दिए|
किर्गिस्तानबाट फर्केपछि विमानस्थलमा स्वागत गर्ने क्रममा कप्तान कार्कीले टोली एकदमै सन्तुलित भएको र अब आउने दिनमा टोलीलाई विदेशी एक्सपोजर दिनुपर्ने कुरा पनि औंल्याए|
‘हाम्रो टोलीमा सबै खेलाडी राम्रा छन् तर अब अर्को प्रतियोगितामा अरु टोलीहरु झनै बलियो हुने भएकाले हामी झनै मजबुत हुन जरुरी छ|,’ कार्कीले थपे|
“प्रतियोगिता निकै राम्रो रह्यो| हामीले अन्तिम खेल पनि राम्रो खेल्दा खेल्दै पराजय भोग्नु पर्यो”, कप्तान कार्कीले भने
कप्तान कार्की टोलीमी एट्याकिगं मिडफिल्डबाट खेल्छन् र किर्गिस्तानविरुद्धको खेलमा उनकै गोलबाट नेपालले दुई गोल पछि परेको अवस्था उल्टाएर ४-२को जित हात पार्न सफल रह्यो|
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]