2 years ago
January 25, 2024
एजेन्सी – लिभरपुल लिग कपको फाइनल पुगेको छ।
फुलहमसँग बुधबार दोस्रो लेगमा १-१ को बराबरीमा खेलेपछि लिभरपुलको फाइनल यात्रा तय भएको हो ।
लिभरपुल सेमिफाइनलमा समग्रमा ३-२ ले अगाडि रह्यो । पहिलो लेगमा लिभरपुल २-१ ले विजयी रहेको थियो ।
लिभरपुल लिग कपको फाइनल पुगेको यो १४ औं पटक हो । फुलहम भने अहिलेसम्म लिग कपको फाइनल पुग्न सकेको छैन ।
अब वेम्बलीमा फेब्रुअरी २५ मा हुने फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्नेछ । चेल्सी समग्रमा मिडल्सब्रोलाई ६-२ ले पछि पार्दै फाइनल पुगेको थियो।

बुधबार लुइस डियाजको गोलमा ११ औं मिनेटमा लिभरपुलले अग्रता लिएको थियो । ७६ औं मिनेटमा इसा डिपले फुलहमका बराबरी गोल फर्काएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]