default_image

9 years ago

January 26, 2017

नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउला ?

144 views

0 Bookmark

काठमाडौं (हाम्रोे खेलकुद)– दुई महिनापछि एएफसी एसियन कप छनोट चरण सुरु भएपछि एक बर्ष नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबलमा व्यस्त रहन्छ। त्यो एक बर्षमा नेपालले छनोटका ६ खेल र डिसेम्बरमा बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा पनि भाग लिनेछ । नेपालले एसियन कप छनोटका ६ अन्तर्राष्ट्रिय खेल खेल्नुपर्नेछ । होम एन्ड अवेका आधारमा हुने छनोटका आधा अर्थात् ३ खेल नेपालले घरेलु मैदानमा खेल्ने पाउनेछ ।

stadiums-in-nepal

तर, नेपालमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला नहुनु र भएकै एकमात्र दशरथ रंगशाला पनि पूर्न निर्माण भइनसकेका कारण नेपालले घरेलु खेल खेल्न पाउनेमा शंका छ । गत बर्षको विनाशकारी भूकम्पले दशरथ रंगशालामा पनि क्षेति पुर्याएपछि त्यहाँ कुनै अन्र्तराष्ट्रिय प्रतियोगिता आयोजना भएको छैन। दशरथ रंगशालामा खेलाउन नमिल्ने भएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिलिपिन्स, ताजकिस्तान र यमनसँगको खेलका लागि शसस्त्र प्रहरीको मुख्यालय हलचोक र सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा खेलाउने प्रस्ताव एसियाली फुटबल महासंघ (एएफसी) मा प्रस्ताव गरेको छ ।

‘हामीसँग मैदानको विकल्प धेरै छैन ’ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, ‘एपिएफ र एन्फा कम्प्लेक्सको मैदानमा खेलाउन प्रस्ताव पठाएका छौं ।’ एएफसीको निरक्षणपछि मात्र नेपालमा खेल हुनु नहुने तय हुनेछ । प्रवक्ता समेत रहेका तुलाधरले भने ‘यदि नेपालमा हुन सक्दैन भने हामीले हाम्रो होम म्याच न्यूट्रल भेन्यूमा हुनुपर्ने भनेका छौं ।’

नेपालले खेल्ने ६ मध्ये पहिलो खेल कहाँ खेल्ने भने तय भएको छ । मार्चको २८ तारिकमा नेपाल र फिलिपिन्सबीचको पहिलो खेल मनिलास्थित रिजाल मेमोरियल फुटबल रंगशालमा हुनेछ। ५ खेल पछि तय हुने बताइएको छ। एएफसीले दुई दिनअघि गरेको समूह विभाजन र खेलतालिका अनुसार नेपालले जुन १३, सेप्टेम्बर ५ र नोभेम्बर १४ मा होममा खेल्नु पर्नेछ।

छनोट खेल:
२८ मार्च – फिलिपिन्सविरुद्ध नेपाल
१३ जुन – नेपालविरुद्ध यमन
५ सेप्टेम्बर – नेपालविरुद्ध ताजकिस्तान
१० अक्टुबर – ताजकिस्तानविरुद्ध नेपाल
१४ नोभेम्बर – नेपालविरुद्ध फिलिपिन्स
२७ मार्च २०१८ – यमनविरुद्ध नेपाल

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.