9 years ago
January 26, 2017
पोखरा (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब १५औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहिबार सिएमजी संकटा क्लबलाई १-०ले हराउदै साविक विजेता समेत रहेको मनाङ फाइनलमा पुगेको हो।

मनाङले फाइनलमा आयोजक साहारा क्लबको सामना गर्नेछ। चार पटकको विजेता रहिसकेको मनाङका लागि नाइजेरियाका फरवार्ड ओलावाले आफिजले निर्णायक गोल गरेका थिए। उनले खेल सकिनुभन्दा चार मिनेट अगाडी गरेको गोल नै खेलको निर्णायक बनेको थियो। उनले विक्रम लिम्बुले हानेका फ्रिकिलाई विमल बस्नेतले दिएको पासलाई हेड गर्दै गरे । उनले हेड मार्फत दोस्रो बार च्याप्दै गरे । संकटा १० खेलाडीमा सिमित संकटालाई खेलको ८५ औ मिनेटमा मनाङमस्र्याङदील गोल गरेको थियो । ६० औ र ६३ औ मिनेटमा पहेलो कार्ड खादै संकटाका सुशिल केसी रातो कार्ड खादै खेल मैदानबाट बाहिरिए ।

म्यान अफ द म्याच रोहित चन्द
संकटा र मनाङले यसअघी खप्तड गोल्डकपको फाइनल खेलेका थिए। दश दिनअघि भएको उक्त फाइनलमा मनाङ १-०ले नै विजयी भएको थियो। त्यस खेलमा मनाङका कप्तान अनिल गुरुङले गोल गरेका थिए।
प्रतियोगिताको फाइनलमा पुगेको अर्को टोलि साहाराले भने बुधबार भएको सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ४-३ले हराएको थियो। फाइनल खेल शनिबार हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]