default_image

3 weeks ago

February 5, 2024

आर्सनलद्वारा लिभरपुल पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनल विरुद्ध पराजित भएको छ । आईतबार राति आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली ३-१ ले विजयी भएको हो । आर्सनलको जितमा बुकायाे साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक एक गोल गरे । खेलको १४औं मिनेटमा साकाले गोल गर्दै […]

657 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनल विरुद्ध पराजित भएको छ । आईतबार राति आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली ३-१ ले विजयी भएको हो ।

आर्सनलको जितमा बुकायाे साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक एक गोल गरे ।

खेलको १४औं मिनेटमा साकाले गोल गर्दै खेलमा आर्सनलका लागि सुरुवाती अग्रता दिलाएका थिए । काई हाभेर्ट्जको प्रहार लिभरपुल गोलरक्षक एलीसनले बचाएपछि साकाले बललाई सहजै जालि चुमाएका थिए ।

पहिलो हाफको अन्त्यतिर लिभरपुलले बराबरी गोल गर्यो । लुइज डियाजको क्रस आर्सनल डिफेन्डर गाब्रिएल माघालेसले आफ्नै जालिमा हालेपछि लिभरपुलले खेलमा बराबरी गोल गर्यो ।

दोस्रो हाफमा आर्सनलमाथि लगातार आक्रमण बुनेको लिभरपुलले दुई गोल खान पुग्यो ।

६७औं मिनेटमा लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक र गोलरक्षक एलिसन बीचमा तालमेल नमिलेपछि मार्टीनेलीले गोल गरेका थिए । बक्सको छेउमा क्लियर गर्न आएका एलिसनले क्लियर गर्न नसकेपछि मार्टीनेलीले सहजै बललाई पोस्टको दिशा देखाए ।

८८औं मिनेटमा लिभरपुल दश जनमा सिमित भयो । डिफेन्डर इव्राहिम कोनाटे दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए । त्यसको चार मिनेटमा आर्सनलले अर्को गोल थप्यो ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा ट्रोसार्डले सुन्दर गोल गर्दै खेलमा आर्सनलको जित सुनिश्चित गरे ।

जित पछि आर्सनलले शीर्ष स्थानको दूरी घटाएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अंक छ । लिभरपुल २३ खेलमा ५१ अंक सहित शीर्ष स्थानमा कायम छ ।

तेस्रो स्थानमा रहेको र २१ खेल खेलेको म्यानचेस्टर सिटी दुई जित सहित शीर्ष स्थानमा उक्लिन सक्ने छ । सिटीले सोमबार ब्रेन्टफर्डको सामना गर्ने छ ।

February 23, 2024

झापा गोल्ड कपको मुख्य प्रायोजक यती ब्रुअरी

हिमाल खरेल, बिर्तामोड झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रुअरीको उत्पादन अर्नाले गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा शुक्रबार (आज) पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्ना र झापा गोल्ड कपबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो । झापा गोल्ड […]

February 23, 2024

चाबहिल र एनआरटी फाइनलमा

सुशिल पन्त क्षेत्री ,भरतपुर चाबहिल भेट्रान ललितपुर र एनआरटी एफसी स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका भिड्ने भएका छन् । शुक्रबार पहिलो सेमिफाइनलमा साविक विजेता फ्रिडम फाइटरलाई हराउँदै चाबहिल भेट्रानले फाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा चाबहिलले फ्रिडमलाई ३–२ ले निराश बनायो । त्यसअघि निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । […]

February 23, 2024

आयोजक केपी ओली एफसी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उद्दघाटन खेलमा आयोजक केपी ओली एफसी विजयी भएको छ । राष्ट्रिय युवा संघले आयोजना गरेको प्रतियोगितामा एन्फा कम्प्लेक्समा भएको खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड माथि ३-० को जित हात पारेको हो । खेलको सबै गोल दोस्रो हाफमा आएको थियो । खेलको पहिलो […]

Success

Thank you for your time.