default_image

9 years ago

January 27, 2017

हारका बावजूद म्यानचेस्टर युनाईटेड फाइनलमा

115 views

0 Bookmark

एजेन्सी – इएफएल कप अन्तर्गत बिहिबार राती भएको सेमीफाइनलको दोश्रो लेगमा म्यानचेस्टर युनाईटेड हल सिटिसंग २-१ले पराजित भएको छ। तर, पहिलो लेगमा २-०को जित दर्ता गरेको युनाईटेड समग्रमा ३-२को जित हासिल गर्दै फाइनल पुगेको हो।

Paul Pogba Manchester Unites

टम हडलस्टोनले पहिलो हाफमा गोल गर्दै घरेलु टोली हल सिटीलाई अग्रता दिलाएका थिए। उनले ३५औं मिनेटमा पेनाल्टिमार्फत गोल गरेका थिए। तर खेलको ६६औं मिनेटमा पल पोग्बाले गोल गरेपछि खेल बराबरीमा आइपुगेको थियो।

खेल सकिन पाँच मिनेच बाँकि रहँदा हल सिटिका लागि नयाँ खेलाडी ओमार नियासेले गोल गरे। थप कुनै गोल नभएपछि युनाईटेड हारका बावजूद पनि फाइनलमा पुग्यो।

युनाईटेडले फाइनलमा साउथह्याम्पटनको सामना गर्नेछ। पहिलो सेमीफाइनलमा लिभरपुललाई पराजित गरेको सेन्ट्सले दुवै लेगमा १-०को जित दर्ता गरेको थियो। फाइनल खेल २६ फेब्रअरीका दिन वेम्बली रंगशालामा खेलिनेछ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.