default_image

9 years ago

January 27, 2017

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

152 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राती दोस्रो लेगमा रियल सोसिडाडलाई ५–२ ले हराउँदै समग्रमा ६–२ को अग्रता सहित बार्सिलोना अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो ।

neymar-messi-andre-gomes-barcelona-real-sociedad-copa-del-rey-26012017_depbooyakoha1rmlcsqtmh2eo

डेनिस सुआरेजको १७ औं मिनेटमा गोल गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए भने ५५औं मिनेटमा लिओनेल मेस्सीले पेनाल्टी गोल मार्फत अन्तर दोब्बर पारे । ६१औं मिनेटमा सोसिसाडका वान्मी लोपेजले गोल गर्दै गोलन्तर कम गरेपनि त्यसको एक मिनेट नबित्दै बार्साका लागि लुइस सुआरेजले गोल गरे ।

खेलको ७३औं मिनेटमा विलिएन जोसेको गोलले सोसिडाडले खेलमा फर्कने बाटो बनाएको थियो । तर, आर्डा टुरानले ८०औं र डेनिस सुआरेजले ८२औं मिनेटमा गोल गरेपछि बार्सिलोनाको जित पक्का भएको थियो ।

बार्साले अब सेमिफाइनलमा डेपोर्टिभो आलाभेसको सामना गर्नेछ । अर्को सेमिफाइनलमा एट्लेटिको म्याड्रिड र सेल्टा भिगोबीच प्रतिस्पर्धा हुनेछ । सेल्टा भिगोले बुधबार रियल म्याड्रिडलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.