default_image

9 years ago

January 27, 2017

हेमन र मानबहादुरले सहाराबाट आहा गोल्डकपको फाइनल खेल्ने

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका मिडफिल्डर हेमन गुरुङ र मानबहादुर तामाङ १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा क्लबबाट खेल्ने भएका छन्।

heman-and-manbahadur

सहारा र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच पोखरा रंगशालामा शनिबार फाइनल हुँदैछ। यसअघिनै खेलाउन चाहेपनि सहारा उनीहरुलाई फाइनलमा मात्र उतार्न सफल भएका छ। सहाराका प्रशिक्षक किरणले श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा हेमन र मानबहादुर खेल्ने जानकारी दिएका हुन्।

हिमालयन शेर्पामा आबद्ध यी दुई खेलाडीले गत सिजन एपिएफबाट खेलेका थिए। मानबहादुर सहारा एकेडेमीकै उत्पादन हुन्। हेमन पोखराका हुन्।

पछिल्लो पटक नेपालले जितेका तीनै वटा प्रतियोगितामा हेमन टोलीका सदस्य थिए भने मानबहादुर दुई प्रतियोगितामा थिए। गत बर्ष बंगलादेशमा भएको बंगबन्धु  गोल्डकप फुटबल प्रतियोगिता जित्दा र भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा दुवै थिए भने हेमन दुई महिनाअघि मलेसियामा एएफसी सोलिडारिटी कप जित्दा पनि टोलीको सदस्य थिए।

आहा रारा गोल्डकपमा मनाङ पाँचौं र सहारा दोस्रो पटक उपाधि जित्ने अभियानमा रहेका छन् ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.